प्रेम ओली ढकलपुरेगधाको कविता
नेता दुनियाँको पोल खोल्छ गधाले कसैको पोल खोल्दैन नेतालाई चोर, डाँका भन्न सुहाउँछ त्यस्तोसँग गधालाई दाँज्न सुहाउछ ? गधा मन्त्री, प्रधान मन्त्री बन्न सक्छ तर मन्त्री गधा बन्न सक्दैन ।

प्रेम ओली ढकलपुरे :
मलाई दाँजेर कतिले नेतालाई
त्यो तँ गधा हो भन्छन्
मान्छेहरूले खै के ठान्छन्
गधा नेता हुन सक्छ
तर नेता गधा हुनै सक्दैन
गधा मेहनती प्राणी हो
नेता महाअल्छी प्राणी हो
गधा भारी बोकी बोकी खान्छ
नेताले भाषण ठोकी ठोकी खान्छ
नेताले छल्छ, ठग्छ, ढाँट्छ
गधा यस्तो गर्न कहाँ आँट्छ ?
नेताले भ्रष्टाचार गर्छ घुस खान्छ
बिचरो गधाले खाली घाँस खान्छ
नेता झुट बोल्छ
गधा कहिले झुट बोल्दैन
नेता दुनियाँको पोल खोल्छ
गधाले कसैको पोल खोल्दैन
नेतालाई चोर, डाँका भन्न सुहाउँछ
त्यस्तोसँग गधालाई दाँज्न सुहाउछ ?
गधा मन्त्री, प्रधान मन्त्री बन्न सक्छ
तर मन्त्री गधा बन्न सक्दैन ।
०००
घट्टेकुलो, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest


































