डा. विदुर चालिसेसाइड इफेक्ट
त्यसपछि भोलेनाथले त्रिशूलमा बाँधेको डमरू बजाएर ताण्डव देखाउन थाले । उनले एक चुट्कीमा बजाई दिए । - “चकार चण्ड ताण्डवम् !”

डा. विदुर चालिसे :
– “जथाभावी हसुरे पछि यस्तै हुन्छ !”
संसदमा टिर्रि लागेका एक सांसदले अर्को सांसदलाई एकाएक पोलिरहेका थिए । तर उनको मुटुको चोट, मनको पिर, ओठको मन्द मुस्कान एवं अन्धकार भविश्यले सायद छटपटिएका थिए । उनले विभिन्न काण्डमा हसुरेको द्रव्य र तिनबाट प्राप्त अमन चयन धुलिसात हुँदै थियो । त्यसैले उनले प्वाक्क भन्न भ्याए ।
– “म त अन्धो छु, सुन र पित्तल छुट्याउनै सक्दिन !”
– “पत्यार नलागे उप्काएर जोखुँ न त !”
– “पातामा लगाएको पित्तल कसरी जोखिन्छ र ?”
– “आरोपीको नियत सफा रैन छ !”
जब सदनमा रस्साकस्सी चल्यो तब सांसदहरू पनि अठारसय डिग्रीको तापक्रममा पग्लिंदै तप्किन थाले । उनीहरूको मुख्य मुद्दा थियो ।
– “भ्रष्टाचारी कसलाई घोषणा गर्ने !”
एकदिन कैलाश पर्वतमा पनि भ्रष्टाचार बढेको आभास पाएपछि भोलेनाथले भ्रष्टाचारीहरूको ट्रेनिङ सेन्टर खोज्न थाले । खोज्दा खोज्दै उनको आँखा नेपालको संसदमा पर्यो । उनले झटपट पार्वतीलाई देखाएर भने ।
– “बुझ्यौ ! तिम्ले धन्दामान्नु पर्दैन । कैलाशमा भएको भ्रष्टाचार बारे अब छिटै पत्ता लाग्छ !”
पार्वती क्वाँ क्वाँ गरेर रूँदै लडीबुडी गरेर चिच्याउन थालिन् । बुढा भोलेनाथलाई आपत पर्यो । उनले भन्न भ्याइहाले ।
– “भुटानी शरणार्थीको साइड इफेक्ट नदेखाऊ न !”
त्यसपछि भोलेनाथले त्रिशूलमा बाँधेको डमरू बजाएर ताण्डव देखाउन थाले । उनले एक चुट्कीमा बजाई दिए ।
– “चकार चण्ड ताण्डवम् !”
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































