साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिम्रो विरासत खरानी हुन सक्छ !!

गरीबको नशामा बग्ने रगत गरीबको निधारमा बग्ने पसिना कहिलेकाहीँ पेट्रोल बन्न सक्छ त्यो बेलामा, हो, त्यही बेलामा झोसिएको एक काँटी सलाइले तिम्रो विरासत खरानी हुन सक्छ !!

Nepal Telecom ad

केशव दुवाडी :

चाहे भुकम्पको राहतको चामलमा बाइबल हाल
चाहे अक्सिजनको सिलिन्डरमा फोटो टाँस
या माक्समा पार्टीको झण्डा र चिन्ह राख
म चुपचाप स्वीकार गर्छु
म निरीह पीडितसँग के विकल्प छ र !
विरोध सभामा बस चढाएर लैजाऊ
या समर्थन र्यालीमा जिन्दावाद भन्न लगाऊ
अथवा एक छाक मासुभात दिएर भोट माग
म चुपचाप स्वीकार गर्छु
म सर्वहारासँग के विकल्प छ र !
कस्तो होला तिम्रो र मेरो सम्बन्ध !
म जति गरीब भयो तिमीले त्यति चुनाव जित्ने
म जति पछाडि हुन्छु तिमी त्यति अगाडि जाने
मेरो चेतना स्तर तल हुँदा तिम्रो परियोजना चल्ने !!
तिमीले बाँडेका राहतहरू,
तिमीले दिएका आश्वासनहरू,
तिम्रा गुलिया भाषणहरू
म चुपचाप स्वीकार गर्छु
संघीय लोकतान्त्रिक गणतन्त्रको पालभित्र
भोको पेटले स्याप स्याप भएको जीर्ण जनताले
जम्लाहातले जदौ भन्दा के नै पो गर्न सक्छ र !
चुनावमा उम्मेदवार हुँदा जनप्रतिधि भन्थ्यौ
जिते पछि जनशासक बन्यौ !
तिम्रो रंग बदलियो
बोल्ने ढंग बदलियो
तिम्रो परिवारमा उमङ्ग छायो
मेरो परिवार फुङ्ग भयो !!
अन्त्यमा एउटा कुरा ख्याल राख है !
गरीबलाई धेरै नघुमाऊ
राजनीतिको रापमा धेरै नसुकाऊ
गरीबको नशामा बग्ने रगत
गरीबको निधारमा बग्ने पसिना
कहिलेकाहीँ पेट्रोल बन्न सक्छ
त्यो बेलामा,
हो, त्यही बेलामा झोसिएको
एक काँटी सलाइले
तिम्रो विरासत खरानी हुन सक्छ !!

०००
धादिङबेसी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नियत नफेरिएकाहरू

नियत नफेरिएकाहरू

केशव दुवाडी
लोकतन्त्र पुराण

लोकतन्त्र पुराण

केशव दुवाडी
झोला र झोले !

झोला र झोले !

केशव दुवाडी
नजाउँ कोरिया !!

नजाउँ कोरिया !!

केशव दुवाडी
धन त जसरी पनि कमाउनु पर्छ

धन त जसरी पनि...

केशव दुवाडी
फुर्सद खै ?

फुर्सद खै ?

केशव दुवाडी
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x