साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मलाई नहल्लाऊ !!

ए भलामानुस ! यति खेर, मलाई नचलाऊ ! मलाई नहल्लाऊ !! अन्धो ! हुनसक्छ आँखा ! एउटा अनर्थ हुनसक्छ ! अपूर्व !!

Nepal Telecom ad

तिमी डढेलोमा बाबियो सप्रेको देख्छौ !
तिमी बाढीले मलिलो माटो ल्याएको देख्छौ !
तिमी भुइँचालो जाँदा पुनर्निर्माण को सपना बुन्छौ !
अझ तिमी महामारीको बेला
नयाँ नयाँ अनुसन्धान आउने कल्पना गर्छौ !
तिम्रा आँखा र मेरा आँखामा भिन्न्नता छ !
भयो, नभनिहालौं !
यत्ति हो,
म डढेलोमा, हरियाली सखाप भएको देख्छू !
म बाढीले, बस्ती उठिबास लाएको देख्छु !
म भुइँचालोले,अनगिन्ती सपनाको चिहान पारेको देख्छु !
म महामारीमा मानव सभ्यताले हिक्का छाड्दैछ, देख्छू !
हुनसक्छ,
तिम्रा आँखा स्वस्थ छन् र सद्दे छन् !
हुन सक्छ,
मेरा आँखा रोगी छन् र धमिला छन् !
म ऐले आँखाको
उपचारमा ब्यस्त छु,
ओखतीका बूँद चुहाउँदै छु, आँखामा ।
ए भलामानुस !
यति खेर,
मलाई नचलाऊ !
मलाई नहल्लाऊ !!
अन्धो ! हुनसक्छ आँखा !
एउटा अनर्थ हुनसक्छ !
अपूर्व !!

भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x