साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बेकार मास्टर हुनुभो !

ए हजुर ! मास्टर हुनु भनेको केही नहुनु हो ? मास्टर बन्नु भनेको केही नबन्नु हो ? ठिकै छ त्यसैले त मास्टर आफू केही बन्दैन अरुलाई बन्नुपर्छ भनिरहन्छ ।

Nepal Telecom ad

कतै चोक बजारमा
घतिलो ठट्टा गर्नु हुन्न
कुनाबाट एउटा बोलिहाल्छ
सर, तपाईं त कमेडियन हुनुपर्ने बेकार मास्टर हुनु भो ।

दुईचार बुज्रुकहरूबीच
एक दुई तर्क राख्नु हुन्न
अर्को विद्वान उकास्छ
सर, तपाईं त वकिल हुनुपर्ने बेकार मास्टर हुनु भो ।

कुनै अवसरमा
शब्द सुर मिलाउनु हुन्न
अर्को उस्तै माया गर्छ
सर, तपाईं त गायक हुनुपर्ने बेकार मास्टर हुनु भो ।

कुनै गोष्ठीमा
काव्य सृजना वाचन गर्नु हुन्न
कुनै प्रशंसक भन्छ
सर, तपाईं त कवि हुनुपर्ने बेकार मास्टर हुनु भो ।

माष्टरले शास्त्रीय कुरा गर्यो भने
सरले त पण्डित हुनुपर्ने भन्छन्
दर्शन इतिहास संस्कृति र अभिनयका कुरा गर्यो भने
त्यसै भन्छन्
कुनै मञ्चमा अधिकारका कुरा गर्यो भने
भन्छन्
सर, तपाईं त नेता हुनुपर्ने बेकार मास्टर हुनु भो ।

ए हजुर ! मास्टर हुनु भनेको केही नहुनु हो ?
मास्टर बन्नु भनेको केही नबन्नु हो ?
ठिकै छ
त्यसैले त मास्टर आफू केही बन्दैन
अरुलाई बन्नुपर्छ भनिरहन्छ ।

गौरदह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x