साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कारको सरकार

परदेशी रिमुटले चलेको छ देश, रिमुटमा चल्नुपर्ने पारे परिवेश । बङ्गुरका डङ्गुरले शान्ति डाकिँदैन, हुँडारका हुकुमले देश हाँकिँदैन ।

Nepal Telecom ad

शिक्षा, स्वास्थ्य, सुरक्षाको करबाट कार
किन्न किन तम्सेको छ होली सरकार ?
होली वाइन धोकेकाले गरेका छन् मस्ती
जनताले बेकारमा बोकेका छन् सास्ती ।

करमाथि कर थपी जनसेवा आयो
जनकर भएभर कारले नै खायो ।
घर बने भयङ्कर नेताजीका तर
भुँडीसुँडी सुम्ल्याएर भए अजिङ्गर ।

हस्पिटल भित्र उनै साँचो लुकाउँछन्
बन्द कोठा फुटाएर डोरी फुकाउँछन् ।
सोह्रै आना मार्ने मान्छे, जतातिर भाग्छन्
त्यतैतिर प्रहरीका पैसा पछि लाग्छन् ।

‘चील आयो’ भन्दै स्याल साँप्रो चपाउँछन्
त्यसै गरी बङ्गुरले नेता नचाउँछन् ।
नीति छाडा नेताजीले भद्रगोल पारे
ढुकुटी नै कुम्ल्याएर विदेशमा सारे ।

परदेशी रिमुटले चलेको छ देश
रिमुटमा चल्नुपर्ने पारे परिवेश ।
बङ्गुरका डङ्गुरले शान्ति डाकिँदैन
हुँडारका हुकुमले देश हाँकिँदैन ।

सदनमा जोडाजोडी घोडाघोडी गए
विदेशीले खेलाउने छौँडाछौँडी भए ।
अरिङ्गालजस्ता भए मन्त्रीतन्त्री कुनै
भयङ्कर अजिङ्गर भकारीमा उनै ।

बेकारमा युवाहरू जान थाले उता
कार चढी नेताहरू खान थाले यता-
भालेपोथी घुरानमा घुर तताउँछन्
हा.टा. गरी सदनमा भत्ता पचाउँछन् ।

नेता, सेता नभएर काले हुन थाले
भालेहरू अघाएर पोथी च्याप्न थाले ।
जात्रामाथि जात्रा चल्यो, चल्यो खाईजात्रा
जान थाले युवाहरू बोकी आत्रामात्रा ।

नागार्गुन न.पा.-१, रानीवन, काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तमासा

तमासा

डा. बमबहादुर जिताली
बाँदर्नी मैयाँ र ढेडुको तमासा

बाँदर्नी मैयाँ र ढेडुको...

डा. बमबहादुर जिताली
हालको बेहाल

हालको बेहाल

डा. बमबहादुर जिताली
राम्रो म 

राम्रो म 

डा. बमबहादुर जिताली
छन्द छानेर हान्छु

छन्द छानेर हान्छु

डा. बमबहादुर जिताली
सृष्टिमा पार्वतीकाे दृष्टि

सृष्टिमा पार्वतीकाे दृष्टि

डा. बमबहादुर जिताली
रङ् भरौं उमङ्गका २०८३ सालमा

रङ् भरौं उमङ्गका २०८३...

लक्ष्मण नेवटिया
आमा…

आमा…

डा. रमेश शुभेच्छु
आमा

आमा

प्रल्हाद पोखरेल
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
0
Would love your thoughts, please comment.x
()
x