साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हालको नेपाल

नोटैनोट लिएर यो बखतमा नेता भए उन्नत, भोटैभोट दिएर मालिक हुने मौका भयो सिर्जित, यस्तो चाल चलाउने चलनको जाग्दो छ खाँडो किन ? मालामाल हुने र राष्ट्र दुहुने आए सुनौला दिन । ।

Nepal Telecom ad

नेपाली ममचा बने दिन-दिनै देखिन्छ को रक्षक ?
नेपाली जन सेकुवासरि भए को-को बने भक्षक ?
यस्तो विघ्न विकासको परिधिमा सत्ता घुम्यो फन्फनी
बन्ने लक्षण देखियो मुलुक यो जापानभन्दा धनी !
(१)

नेपाली जनता भएर मुरली नेता भकारी भए
नेता लम्पट छन् भकुर्न जनता भारी भिखारी भए
नेताका घटमा बलेर बिजुली सर्वोच्चता चर्कियो
हाम्रो देश विकासको रहरिलोे सम्भावना घर्कियो ।
(२)

नोटैनोट लिएर यो बखतमा नेता भए उन्नत
भोटैभोट दिएर मालिक हुने मौका भयो सिर्जित
यस्तो चाल चलाउने चलनको जाग्दो छ खाँडो किन ?
मालामाल हुने र राष्ट्र दुहुने आए सुनौला दिन ।

(३)
हाम्रो देश हराभरा चहकिलोे वैकुण्ठ पो हुन्छ कि !
हाम्रो शान्त, उचा, प्रसिद्ध महिमा दन्ते कथा बन्छ कि !
मौलाएर दरिद्रता दिनदिनै बन्दै छ झन् उर्वर
आई दुर्दिन राष्ट्रको ढुकुटी नै बन्दै गयो जर्जर ।
(४)

भोका छन् जनता भनी अलिकता नेता लिँदैनन् पिर
नेपाली जनता झरे तलतलै उठ्नै नसक्दा शिर
नेताका घर छन् विशाल चुचुरा राता र काला कुन
यस्तो तीब्र विकासले गति लियो आकाश छोयो झनै ।
(५)

नेपाली गरिमा पुग्यो पुछरमा दायाँ र बायाँ गरी
बाटो एक अनेक रूप गतिमा बढ्दै गयो तस्करी
नेताले सुख-शान्तिसाथ जिउने बाटा अनेकौँ खनी
ऐले देश बन्यो विचित्र गतिमा जापानभन्दा धनी !
(६)
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x