साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ब्वाँसो ठीक कि बाघ ?

छट्टु स्याल कि भालु खास कुन हो हाम्रो हितैषी भनी, गर्छन् लौ झगडा कठै नि बिचरा भेडा र बाख्रा पनि, बिच्छीको गुट सभ्य हो कि बढिया जत्था अरिङ्गालको, ? राम्रो उन्नति गर्छ खास कसले यो देश नेपालको ?

Nepal Telecom ad

ब्वाँसो ठीक कि बाघ ठीक कसको पार्टी सही हो भनी
गर्छन् वादविवाद हाय बिचरा गाई र भैँसी पनि
कालो गिद्ध कि चील सुन्दर बढी कोचाहिँ जाती भनी
गर्छन् तर्क वितर्क हाँस कुखुरा सेता परेवा पनि

छट्टु स्याल कि भालु खास कुन हो हाम्रो हितैषी भनी
गर्छन् लौ झगडा कठै नि बिचरा भेडा र बाख्रा पनि
बिच्छीको गुट सभ्य हो कि बढिया जत्था अरिङ्गालको ?
राम्रो उन्नति गर्छ खास कसले यो देश नेपालको ?

कल्ले मान्छ समाजवाद बढिया सिद्धान्त राम्रोसित ?
जुम्रा या उपियाँ दयालु कुन हुन् सोच्ने सबैको हित ?
गोही हो कि बडे अजिङ्गर बढी को साम्यवादी भनी
गर्छन् लौ यस खालका कति कुरा निर्धा जरायो पनि

जङ्गी सिंह उदार हो कि चितुवा बढ्ता प्रजातान्त्रिक ?
यी मध्ये कुन लोकतान्त्रिक बढी को सभ्य सर्वाधिक ?
साँढे गोरु भलादमी कुन बढी काले कि माले भनी
गर्छन् मानिसले कुरा शिव हरे कस्तो अचम्मै छ नि !

भट्टी होस् कि कुनै चिया पसल होस् या होस् कुनै मन्दिर
मान्छेका घरमा तथा अफिसमा या बीच गल्लीतिर
चर्चा यै छ कुरै यही छ अहिले हल्ला छ यस्तै यहाँ
यो सानो कविको कुरा सुनिदिने मान्छे म खोजूँ कहाँ ?

अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x