पालेर सर्प अपेक्षा दीर्घायूको खोइ त शान्ति ।१।
मियो विनाको दाइँ अलपत्र भो आफै रजाइँ ।२।
मपाइँत्वले छचल्कियो अज्ञान किन्छौ त सत्य ।३।
भगाउ भूत कुकुर डाइनाको बाङ्गो छडीले ।४।
भिरका बिच फलेछ भकिमिलो खाओ टिपेर ।५।
खुल्दैन ढोका बल्दैन किन बत्ती चुहिने छानो ।६।
भोजपुर, हाल काठमाडौँ
Δ
Fitkauli