साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बक-वेदान्त

जाँड खाने जँड्याहाको गँडाहा मीत उत्तम, राम वा रममा केही भेद छैन भनी गम ! कालो गगल्स लाएर डुल्नु मार्केट रातमा, बकवेदान्तमा यस्तै लेखेको छ सनातन !

Nepal Telecom ad

ध्यानी, मौनी बनी बस्नु- कसको के ठगू भनी
पोखरी तटमा माछा ढुक्ने बकसरी बनी,
बकवेदान्तमा व्यक्तिस्वार्थ नै मूलमन्त्र हो
स्वार्थका निम्तिमा मर्ने ‘बहादुर’ मनुष्य हो !

इतिहासज्ञ जान्दैन नेपाल  कसरी बन्यो ?
तर जान्दछ इंग्लैन्ड देश त्यो कसरी बन्यो !
सीता, राजेश्वरी, चारुमती र भृकुटीहरू
छोरी नेपालका हुन् र ? शङ्का पो गर्दछन् बरू ।

सल्लाह लिनु सालाको, भात खानु भिनाजुको
दिदीको चैँ गिदी खानु, अंश नै खानु वंशको !
जाँड खाने जँड्याहाको गँडाहा मीत उत्तम
राम वा रममा केही भेद छैन भनी गम !

विश्वास गर्नु वेश्याको, अर्ती चैं लिनु घर्तीको
मुसो जस्तो छुचो बन्नू अन्न खाई किसानको !
ठूलासँग बनी भोटे कुत्ता भुक्नु र झम्टनु
बासीभात दिए टाङमुनि पुच्छर लाउनु ।

सबैभन्दा धनी बन्नू, धन नै हो महान् गुण
धनभन्दा ठूलो छैन, देवता पनि विश्वमा !
पापी भन्ने दरिद्री हुन्, नगर्नु तिनका कुरा !
सेवा, धनी मानिसको उँभो लाउँछ गर्नु र !

कालो बजारीया मिल्नू, दरभाउ घटाउनू,
विजयादशमी आयो मौका छोपी धनी हुनु !
नभई नहुने चीज महँगो पारी बेचनु
जस्मा एक किलो किन्नेसँग नौ सय नै लिनु ।

सस्तो बजार खोलेर नाफा धेरै कमाउनु
दुनियाँभरमा गर्नु प्रचार अनि गम्कनु
युवा र युवती हिंड्नू जोल्ठिएर बजारमा
उसले उसको खानू जूठो चुम्बन प्यारमा !
कालो गगल्स लाएर डुल्नु मार्केट रातमा
बकवेदान्तमा यस्तै लेखेको छ सनातन !

विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सर्वश्रेष्ठ

सर्वश्रेष्ठ

सोमराज ‘अभय’
ढाँटको पुस्तक !

ढाँटको पुस्तक !

सोमराज ‘अभय’
बुढ्यौलीको व्यथा

बुढ्यौलीको व्यथा

सोमराज ‘अभय’
हामी

हामी

सोमराज ‘अभय’
सलाम छ काठमाडौंलाई

सलाम छ काठमाडौंलाई

सोमराज ‘अभय’
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x