साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुसाहाको चर्तिकला

लाम्खुट्टे-उपियाँजस्तै चुसाहा छन् थरी-थरी, बाघजस्तै बनी मान्छे, मान्छे मार्छन् घरी-घरी ।

Nepal Telecom ad

अरिङ्गालहरू आई महको तह झार्दछन्
मौरीको जिन्दगी खाई सृष्टिचर्खा बिगार्दछन् ।
१.

मौरीको घार तोडेर मलसाँप्रो पस्यो जब
नासिए रचना नाना भत्किए चाहना सब ।
२.

वनका चितुवा आई रजाईँ गर्न खोज्दछन्
गाईको रक्त तन्काई मान्छे पो मार्न खोज्दछन् ।
३.

गाई मारी गधा पोस्ने नीतिलाई सकार्दछन्
निर्धालाई हकारेर बलियाले डकार्दछन् ।
४.

लाम्खुट्टे-उपियाँजस्तै चुसाहा छन् थरी-थरी,
बाघजस्तै बनी मान्छे, मान्छे मार्छन् घरी-घरी ।
५.

डाँफेको ममचा खाई चपाई चाँचरी चरी
मान्छे बाज बने धेरै मासिए कोइली चरी ।
६.

गोरुहरू हलो छोडी नीति-निर्माण गर्दछन्
भेडाहरू भजाएर भकारी टन्न भर्दछन् ।
७.

गधा गदा उठाएर लोकतन्त्र चलाउँछ
गाईले कष्ट भोगेर जिन्दगानी चलाउँछ ।
८.

ठूला माछा दुलाभित्र सानालाई चपाउँछन्
मान्छेलाई चुसी मान्छे मोटा बन्न रुचाउँछन् ।
९.

मत्स्य-न्याय अँगालेको मान्छे नै हुन्छ दानव
मान्छेजस्तै बनी मान्छे कहिले हुन्छ मानव ?
१०.

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x