साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाल खोज्दैछु म

घातैघात नृशंसका निकटमा विश्वास रोज्दैछु म नाफाखोर नगण्यका नजरमा नेपाल खोज्दैछु म ।

Nepal Telecom ad

वैलाए सब शान मान सपना सम्मान भो बन्धकी
भौँतारिन्छु जताततै जलनले अत्तालियो जिन्दगी
कस्ले पढ्छ कथा व्यथा हृदयको बेकार लेख्दैछु म
जर्रो जर्जर भूमिमा विरहले नेपाल खोज्दैछु म ।१।

माया मेल मिलाप निर्बल निकै आँधो छ आत्मीयता
आफ्ना आडभरोसमा भरणमा पाइन्न सामीप्यता
निष्ठाका अनिकालले सबजना सङ्कीर्ण देख्दैछु म
मुर्दा शान्ति समानका शहरमा नेपाल खोज्दैछु म ।२।

चिप्ला चातुर क्लेश कल्मष कडा देखावटी नम्रता
कच्चा कर्म कुभावका कपटका बिर्सी दिने सत्यता
घातैघात नृशंसका निकटमा विश्वास रोज्दैछु म
नाफाखोर नगण्यका नजरमा नेपाल खोज्दैछु म ।३।

खाँचो शुद्ध सफेदको नमितको निःस्वार्थ सम्बन्धको
वाचा बोल कबोलको कदरको सौहार्द सद्भावको
प्यारा पर्व परम्परा प्रगुणका संस्कार सोच्दैछु म
भेला भोजभतेरमा भ्रमणमा नेपाल खोज्दैछु म ।४।

सम्झेको छु सदैव जन्म जननी झल्को हुने बेसरी
हाँसेका हिमशैलका शिखरमा माया छ सर्वोपरी
चोखाे राष्ट्रिय भावना सुमनका सम्पूर्ण पोख्दैछु म
पीडाले परदेशका डगरमा नेपाल खोज्दैछु म ।५।

मर्यादा छ कहाँ मिजास छ कहाँ रित्ता रबाफी अति
जे जे चल्छ दिमागमा सब गरे आचारको दुर्गति
बस्दै दूर दुरन्तमा दिनदिनै बेहाल बोक्दैछु म
पोलेको छ प्रवासले भतभती नेपाल खोज्दैछु म ।६।

चन्द्रागिरि नगरपालिका-१३
पुरानो नैकाप, काठमाडौं
हालः न्युयोर्क, अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
0
Would love your thoughts, please comment.x
()
x