साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के तपाईँले नयाँ वर्ष देख्नु भएको छ ?

उनीहरू कोर्रा बर्साउँदै मानवता माछा बजारमा सुकाउँछन् र, राजनीतिको व्यापारमा जोख्न थाल्छन् ।

Nepal Telecom ad

जिन्दगी ह्याङ्गरमा झुण्डाएर
समय बाहिर निस्किएको छ
पर्ख मेरा आफन्तहरू
म ह्याङ्गर भएको छु ।।

यो बेला
समय क्यालेण्डरमा बस्छ भनेर
मान्छेहरू
शुभ कामना बाढिरहेछन्
र, साटिरहेछन्
औपचारिकतामा सस्ता विज्ञापनहरू ।।

विज्ञापनमा गाँस,बाँस,कपास लेखिएको वर्षौँ भयो
अर्थात् यसो भनौँ शासकहरू वर्षौदेखि
चुनावको विज्ञापन बेचिरहेछन्
र, हामी आश्वासनमा व्यवस्था खरिद गरिरहेछौँ ।।

अझ भनौँ घाउका हामी बोटहरू
घरी जिन्दावाद किन्छौँ र घरी मुर्दावाद किन्छौँ
र, उनीहरू कोर्रा बर्साउँदै मानवता
माछा बजारमा सुकाउँछन्
र, राजनीतिको व्यापारमा जोख्न थाल्छन् ।

मानवता हारेको र सिद्धान्त बिकेको यो घडी
हरेक पटक रगतका टाटाहरू
समयसँग हामी साटिइरहन्छौँ ।

र, ह्याङ्गरमा झुण्ड्याउँदै ऊ घोकाइरहेछ
काखी मुनि चेपिएका
सपनाका इतिहासहरू ।।

म भने यतिखेर
रोग, भोक र शोकले वर्षौदेखि
पीडित र हतभागी यो देशको एउटा अनुहार
ह्याङ्गर भएको छु ।।

र, झुण्डिएको छु बुख्याँचा भएर
अर्थात् मानव सभ्यता लम्पसार परेको छ
र, प्रकृतिको सृष्टि आराम बिसाइरहेछ ।।

मलाई भित्र थुनेर
यति नै खेर समय बाहिर निस्किएको छ
र, ऊ एउटा गम्भीर प्रश्न बोकेर बेपत्ता भएको छ ।।

मानवता मर्दै गएको यो दुनियाँमा
के तपाईँले समयलाई देख्नु भयो ???

– ९८४२६३१६०१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पहाड, उन्यू र म

पहाड, उन्यू र म

धनकुटे कान्छा
कवि आफैँ, पत्थर भएको छ

कवि आफैँ, पत्थर भएको...

धनकुटे कान्छा
भूइँमान्छेका कुरा

भूइँमान्छेका कुरा

धनकुटे कान्छा
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x