साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुनौलो बिहान

प्रजातन्त्रको मन्त्र यो काम लागोस् सधैँ स्वच्छ संयन्त्रको याम जागोस् जहाँ हुन्छ षड्यन्त्रको बोलबाला त्यहाँ पारदर्शी नयाँ घाम लागोस् ।

Nepal Telecom ad


नयाँ वर्षमा हर्षले मुस्कुराऊँ
बिहानी भयो जोसले जुर्मुराऊँ
नयाँ वर्ष सङ्घर्षको याम होला
दरा पाइला होस राखी चलाऊँ

नयाँ भावना गीतमा गुन्गुनाऊँ
नयाँ काव्य-भाषा सभामा सुनाऊँ
नयाँ वर्षमा आइलाग्लान् चुनौती
समस्या लघारेर टाढा भगाऊँ

प्रजातन्त्रको मन्त्र यो काम लागोस्
सधैँ स्वच्छ संयन्त्रको याम जागोस्
जहाँ हुन्छ षड्यन्त्रको बोलबाला
त्यहाँ पारदर्शी नयाँ घाम लागोस्

नहोस् देश अन्योलको राजधानी
बनून् देशवासी सबै स्वाभिमानी
भगाएर आलस्यको सुस्त बानी
युवा-भावनासाथ जागोस् जवानी

सुरक्षा प्रणाली बनाएर चुस्त
बनून् व्यक्तिका जिन्दगी तन्दुरुस्त
सधैँ सप्रियोस् सिर्जना यो समस्त
नहोस् देशको तेजिलो सूर्य अस्त

जहाँ जुर्मुराएर हिँड्छन् जवान
त्यहाँ उठ्छ पक्कै सही स्वाभिमान
जहाँ जुट्न सक्छन् सधैँ नौजवान
त्यहाँ झुल्किएला सुनौलो बिहान

उदाई नयाँ सूर्यको तेज आज
जुरुक्कै उठोस् यो सुतेको समाज
युवाशक्तिको जोसमा होस आओस्
नयाँ वर्षमा देश यो मुस्कुराओस्।

काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमा

आमा

प्रल्हाद पोखरेल
नयाँ वर्ष

नयाँ वर्ष

प्रल्हाद पोखरेल
शहीदकाे सम्झना

शहीदकाे सम्झना

प्रल्हाद पोखरेल
आँखा

आँखा

प्रल्हाद पोखरेल
साहित्य – सञ्जीवनी

साहित्य – सञ्जीवनी

प्रल्हाद पोखरेल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x