साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ वर्ष

फेरि एकचोटि भित्ताको नयाँ क्यालेण्डरमा आफ्नो जीवनको भिसा झुण्ड्याउनु छ फेरि एकचोटि सँगी साथीहरूको सूचि बनाउनु छ ।

Nepal Telecom ad

नयाँ सरुवा भई आएको हुलाकेझैं
झोलामा सुर्जेको एउटा पुलिन्दा बोकेर
छानामाथि वैशाख हिँडिरहेछ
भारी अल्छी पाइला सारेर
भित्ता–घडीको लङ्गूर हल्लिरहेछ उसको
पदचापले
ट्वाक्……ट्वाक्……..ट्वाक्……..ट्वाक्
निस्तेज भई आकाश पल्टेको छ
न्यास्रो अनुहार पारेर
बेमौसमको बर्षात
बेला–कुबेलाको वादलको गड्याङ–गुडुङ
आकाशलाई पखाला लागेको छ
विष्णुमतीको फोहर हैजे पानी पिएर
ट्वाँ……
सहनाइको बेसुरा ध्वनिबाट निस्किरहेका छन्
हैजाका असङ्ख्य अदृश्य कीटाणुहरू
मध्यान्ह दिन
चर्को घाम
सारा रुखहरूले आफ्नो आङ कन्याइरहेका छन्
फेरि एकचोटि
नयाँ वर्ष आएको छ
फेरि एकचोटि
भित्ताको नयाँ क्यालेण्डरमा
आफ्नो जीवनको भिसा झुण्ड्याउनु छ
फेरि एकचोटि
सँगी साथीहरूको सूचि बनाउनु छ
फेरि एकचोटि
भयानक बमहरू बोकेर, उडिरहेका हवाइजहाज
र रकेटमुनि बसेर
लेख्नु छ प्रियजनहरूको नाममा
सफलता, शान्ति र दीर्घायुको शुभकामना–पत्र ।

‘घुम्ने मेचमाथि अन्धो मान्छे’ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
हामी

हामी

भूपी शेरचन
नयाँ वर्ष

नयाँ वर्ष

भूपी शेरचन
हामी

हामी

भूपी शेरचन
0
Would love your thoughts, please comment.x
()
x