साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नोट लिनोस्ःभोट दिनोस्

सुरा पार्टी उठेपछि भोट कल्ले दिन्न, देश स्वर्ग बनाउने बोतल छ चिन्ह ।

Nepal Telecom ad

आज भोलि सबैलाई नभै हुन्न नोट
नोट दिन सक्नेलाई दिनुपर्छ भोट ।
मैंलेजस्तो यो देशमा कल्ले गर्छ कर्म
आजसम्म घूस खाको छैन धरोधर्म ।

सुरा पार्टी उठेपछि भोट कल्ले दिन्न
देश स्वर्ग बनाउने बोतल छ चिन्ह ।
घरैपिच्छे बोतल छन् छैन कल्ले भन्छ
मैंले जितेपछि मात्र देश स्वर्ग बन्छ

सदस्यले भरिएको सातै क्षेत्र मेरो
नजित्ने छ त कुरै छैन सुरा पार्टी मेरो
जनताले बुझेका छन् बोतलको गुन
मैले जिते देशैभर फल्छ सुनैसुन ।

तास जुवा जाँड रक्सी फिरी हुने गर्छ
धाराबाट पानी हैन, जाँडरक्सी झर्छ ।
गाई भैंसी पाल्ने दुःख गर्नुपर्ने छैन
धोको फेरी जाँड धोकी गर्नुहोला चैन ।

म त हजुर भित्रभित्रै भोट तान्ने गर्छु
छोरीलाई जिताउने छाप हान्ने गर्छु ।
अलिकति तानेपछि रमाउँछ मन
नौ नम्बरी धन्दा गरी भित्र्याउँछु धन ।

भ्रष्टाचारी, तस्करीको खुलानीति लिन्छुु
जनताले चाहे जति भट्टी खोलिदिन्छु
सुरा पार्टी उठेको छ भोट दिनुहोल ा
भोट दिने भोटरको भरिदिन्छु झोला ।

नागार्जुन नपा-१ रानीवन काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
परान गो

परान गो

भोलानाथ सुबेदी
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x