साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अधबेस्रो पोइ

एकमनले सम्झन्छु- यो गणतन्त्र मेरो अधबेस्रो पोइको मोबाइलजस्तो चाहिँ नहोस् है बा !

Nepal Telecom ad

‘लाटो देशको गाँडो तन्नेरी’ भन्ने उखान हाम्रो देशका बूढा-पुराना-पाका, देश खाई शेष भा’का, थुप्रैै सन्तानका बा-आमा भा’का, दसौँ ठाउँ बसाईँ सरेर जीवन बिता’का, साउँ अक्षर छिचोलेका, गाउँ-ठाउँमा मिलेर बसेका पूर्वजले चलाएको ठीकै हो भन्ने कुरामा टाउको नदुखाए हुन्छ भन्ने मेरो जिकिर ठीक नै छ भन्ने मलाई लाग्यो । बाँदरका सन्तान न परियो । डार्बिनले यस्तै त भनेका हुन् । बाँदरको चकचक्याइँ देख्दा त हैरान नै लाग्छ । एकछिन चुप लागेर बस्न नसक्ने, केही काम नपाए एउटा रूख हजार पटक फेरो मारेर पनि बाँदरले दिन कटाउँछ, बसिरहेको छ भने आफ्नो जीउ कन्याएर घाउ बनाएर मात्र छोड्छ । कस्तो उपद्रो आ’को त ?

बाँदरको खनातिको खनातिको खनातिको… खनाति हो मान्छे, अनि बाँदरको विशेषता मान्छेमा किन नहुनु ? मेरो पोइ पनि बाँदरकै सन्तान हो भन्ने कुरामा विश्वास लाग्यो मलाई । नत्र त यति विधी चकचक त नआउनु पर्ने । प्रसङ्ग पोइको चकचक तिरको कुरामा जोडौँ । मेरो पोइले मोबाइल फोन ल्याको पाँच दिन भयो पाँच दिनमा बाह्र सय जति सिध्याएछन् । न मेरो पोइ हाकिम, न नेता, न समाजका गन्यमान्य मान्छे, न युरोप-अमेरिकातिर उनको सम्पर्क । साँच्चै भन्दा उनी खाडी मुलुकका कुरा पनि जान्दैनन् । ठोकुवा गरेरै भन्ने हो भने उनलाई एक सय जति मान्छेले पनि चिनेजस्तो लाग्दैन । नाथे एउटा बोडिङको मास्टर त्यस्तो ठूलो हैसियत पनि छैन तर उनले बाह्र सय पाँचै दिनमा सिध्याए । मोबाइल भेट्टाको दिनदेखि उनी राति पनि राम्ररी सुतेका छैनन् । त्यही मोबाइल कोट्यायो, यता थिचो उता थिचो । बेला हुन्छ नि बेला नि कुबेला हेलो भनो, कोसँग बोल्छन्, के गरेको हो ? कति सारो हाँस्छन् पल्लो कोठाको डेरावालले पनि वाक्क मानिसके । कोसँग इतरिएको हो, जिस्केको हो बुझ्नै नसकिने । मलाई यो वैज्ञानिक आविष्कारको दुरुपयोग भको देख्दा रिसरिस पनि उठ्छ । मोबाइल भेट्टाको दिनदेखि ठीक समयमा खाँदैनन् पनि सुत्दैनन् पनि बिरामी पर्लान् भन्ने डर भइसको ।

“ए बूढी, मलाई पखाला लाग्यो ।” बिहानै पोइ कराउन थाले । यसो हेरेको अघि नै सुरुवाल बिगारिसकेछन् । काठमान्डूको भिडभाड, चर्पी पनि हत्तपत्त खाली नहुने । उनलाई स्याहार्दा गनार वाक्क आउला नै भयो । “खानपिनको रुटिङ नै छोडेर तिम्रो ठाँडो थिच्न थाल्यौ, खुच्चिङ पर्‍यो ।” रिसको झ्वाँकमा उनलाई दुई चार मुड्की बजारे पनि तर मान्छेको भावना नै नबुझ्ने अधबेस्रोलाई के गर्नु हिँ ! हिँ ! गरेर पो हाँस्न थाले ।

एक मनले सोच्छु, यो देशका ठूला मान्छेले पढ्ने जति उनले पनि पढेकै हुन् तर पढेर के गर्नु पढेअनुसार जागिर भेट्टाकै छैनन् । सरकार पनि कस्तो पढ्ने व्यवस्था मिलाउने, जागिर दिन नसक्ने, पढाइमा यो बेकारको खर्च किन गरेको होला ? पढाइमा लाग्ने खर्च अरू व्यवसायिक काममा लगाको भए देश विकास त हुन्थ्यो । मलाई अहिलेको पढाइमा व्यवहारिकता छ जस्तो लाग्दैन । व्यवहारिक नभएकाले मेरो पोइले मोबाइल चलाउन पनि जानेनन् । सम्झायो झर्किन्छन् मात्रै । मैले फोन गरिराछु, एसएमएस गरिराछु भन्छन् । कस्तो फोन गर्छन्, कस्लाई एसएमएस गर्छन् । एसएमएसबाट लभ पनि हुन्छ भन्छन् । लभ पो गर्न थाले कि, बिताउँछन् कि क्या हो ! म त हैरान भैसकेँ । कस्तो अधबेस्रो पोइ भेट्टाएछु । समय र खर्चको सदुुपयोग गर्न नजान्ने यस्ता अधबेस्रो पोइ त कसैका पनि नहुन् । मुलुकमा भर्खर गणतन्त्र आको छ । नेता त पुरानै देख्छु । एकमनले सम्झन्छु- यो गणतन्त्र मेरो अधबेस्रो पोइको मोबाइलजस्तो चाहिँ नहोस् है बा !

सुरुङ्गा, झापा हालः काठमाडौँ /९८४१-१४१०९३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x