साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अधबेस्रो पोइ

एकमनले सम्झन्छु- यो गणतन्त्र मेरो अधबेस्रो पोइको मोबाइलजस्तो चाहिँ नहोस् है बा !

Nepal Telecom ad

‘लाटो देशको गाँडो तन्नेरी’ भन्ने उखान हाम्रो देशका बूढा-पुराना-पाका, देश खाई शेष भा’का, थुप्रैै सन्तानका बा-आमा भा’का, दसौँ ठाउँ बसाईँ सरेर जीवन बिता’का, साउँ अक्षर छिचोलेका, गाउँ-ठाउँमा मिलेर बसेका पूर्वजले चलाएको ठीकै हो भन्ने कुरामा टाउको नदुखाए हुन्छ भन्ने मेरो जिकिर ठीक नै छ भन्ने मलाई लाग्यो । बाँदरका सन्तान न परियो । डार्बिनले यस्तै त भनेका हुन् । बाँदरको चकचक्याइँ देख्दा त हैरान नै लाग्छ । एकछिन चुप लागेर बस्न नसक्ने, केही काम नपाए एउटा रूख हजार पटक फेरो मारेर पनि बाँदरले दिन कटाउँछ, बसिरहेको छ भने आफ्नो जीउ कन्याएर घाउ बनाएर मात्र छोड्छ । कस्तो उपद्रो आ’को त ?

बाँदरको खनातिको खनातिको खनातिको… खनाति हो मान्छे, अनि बाँदरको विशेषता मान्छेमा किन नहुनु ? मेरो पोइ पनि बाँदरकै सन्तान हो भन्ने कुरामा विश्वास लाग्यो मलाई । नत्र त यति विधी चकचक त नआउनु पर्ने । प्रसङ्ग पोइको चकचक तिरको कुरामा जोडौँ । मेरो पोइले मोबाइल फोन ल्याको पाँच दिन भयो पाँच दिनमा बाह्र सय जति सिध्याएछन् । न मेरो पोइ हाकिम, न नेता, न समाजका गन्यमान्य मान्छे, न युरोप-अमेरिकातिर उनको सम्पर्क । साँच्चै भन्दा उनी खाडी मुलुकका कुरा पनि जान्दैनन् । ठोकुवा गरेरै भन्ने हो भने उनलाई एक सय जति मान्छेले पनि चिनेजस्तो लाग्दैन । नाथे एउटा बोडिङको मास्टर त्यस्तो ठूलो हैसियत पनि छैन तर उनले बाह्र सय पाँचै दिनमा सिध्याए । मोबाइल भेट्टाको दिनदेखि उनी राति पनि राम्ररी सुतेका छैनन् । त्यही मोबाइल कोट्यायो, यता थिचो उता थिचो । बेला हुन्छ नि बेला नि कुबेला हेलो भनो, कोसँग बोल्छन्, के गरेको हो ? कति सारो हाँस्छन् पल्लो कोठाको डेरावालले पनि वाक्क मानिसके । कोसँग इतरिएको हो, जिस्केको हो बुझ्नै नसकिने । मलाई यो वैज्ञानिक आविष्कारको दुरुपयोग भको देख्दा रिसरिस पनि उठ्छ । मोबाइल भेट्टाको दिनदेखि ठीक समयमा खाँदैनन् पनि सुत्दैनन् पनि बिरामी पर्लान् भन्ने डर भइसको ।

“ए बूढी, मलाई पखाला लाग्यो ।” बिहानै पोइ कराउन थाले । यसो हेरेको अघि नै सुरुवाल बिगारिसकेछन् । काठमान्डूको भिडभाड, चर्पी पनि हत्तपत्त खाली नहुने । उनलाई स्याहार्दा गनार वाक्क आउला नै भयो । “खानपिनको रुटिङ नै छोडेर तिम्रो ठाँडो थिच्न थाल्यौ, खुच्चिङ पर्‍यो ।” रिसको झ्वाँकमा उनलाई दुई चार मुड्की बजारे पनि तर मान्छेको भावना नै नबुझ्ने अधबेस्रोलाई के गर्नु हिँ ! हिँ ! गरेर पो हाँस्न थाले ।

एक मनले सोच्छु, यो देशका ठूला मान्छेले पढ्ने जति उनले पनि पढेकै हुन् तर पढेर के गर्नु पढेअनुसार जागिर भेट्टाकै छैनन् । सरकार पनि कस्तो पढ्ने व्यवस्था मिलाउने, जागिर दिन नसक्ने, पढाइमा यो बेकारको खर्च किन गरेको होला ? पढाइमा लाग्ने खर्च अरू व्यवसायिक काममा लगाको भए देश विकास त हुन्थ्यो । मलाई अहिलेको पढाइमा व्यवहारिकता छ जस्तो लाग्दैन । व्यवहारिक नभएकाले मेरो पोइले मोबाइल चलाउन पनि जानेनन् । सम्झायो झर्किन्छन् मात्रै । मैले फोन गरिराछु, एसएमएस गरिराछु भन्छन् । कस्तो फोन गर्छन्, कस्लाई एसएमएस गर्छन् । एसएमएसबाट लभ पनि हुन्छ भन्छन् । लभ पो गर्न थाले कि, बिताउँछन् कि क्या हो ! म त हैरान भैसकेँ । कस्तो अधबेस्रो पोइ भेट्टाएछु । समय र खर्चको सदुुपयोग गर्न नजान्ने यस्ता अधबेस्रो पोइ त कसैका पनि नहुन् । मुलुकमा भर्खर गणतन्त्र आको छ । नेता त पुरानै देख्छु । एकमनले सम्झन्छु- यो गणतन्त्र मेरो अधबेस्रो पोइको मोबाइलजस्तो चाहिँ नहोस् है बा !

सुरुङ्गा, झापा हालः काठमाडौँ /९८४१-१४१०९३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x