साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुनावी खेल

पाएँ टिकट जोड बलले कमाउनु पर्छ, हेर्दै जाउँ कुनै बेला साढेको फल झर्छ ।

Nepal Telecom ad

भोटमाग्दा चोट खाए नोट खाने अर्कै
नेता बने कमाउन जित्ने भयो अर्कै
खर्च भयो करोडौको भोट आयो शुन्य
हार्ने भए म त अब कमाउदिन पुन्य ।

जनताको मनभित्र म बसिन किन ?
केही गल्ती गरे कि त दान उपहार लिन
आफूलाई नेता ठाने खाइलाग्दो थिएँ
भ्रष्टाचारी लोभि पापी पद मैले लिएँ ।

आ आफ्नो विशेषताले भरिपूणर् मान्छे
साथ दिने ठूलै थिए बन्न खोजे भान्से
अहिलेको माग पनि यस्तै खाले थियो
यस्तै मान्छे खोजी खोजी पार्टीले नै लियो ।

जि हजुरी गर्दा गर्दा कति दिन बिते
बल्ल तल्ल नेता जीको मैले मन जितँे
पाएँ टिकट जोड बलले कमाउनु पर्छ
हेर्दै जाउँ कुनै बेला साढेको फल झर्छ ।

नेपालको राजनीति हो के के हुन्छौँ हुन्छौँ
हामी नेता औँठा छापमै हरेक जाल बुन्छौँ
कानून बेत्ता किन चाहियो औठा छाप काफी
मुर्ख जनता ढाँटछल गर्न हामी आफैँ गफी ।

जनता मुला भेडा बाख्रा पेल्नु पर्छ धैरै
हाम्रो पाटी छाडे भने ठेल्नु पर्छ परै
हामी नेता माथि माथि जनता तल तलै
यो देशको विकासमा शुन्य भयो फलै ।

भ्रष्टाचारका नायक हामी कमाउँछौ फेरी
नेपालमा छुट छ सबै गर्छौ मनपरी
जनता मुला कराउँछन सुन्नु हुन्न कुरा
हाम्रो बोली बिक्छ भोलि हुन्छौं आफैँ सुरा ।

उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
मुसालाई शिक्षा

मुसालाई शिक्षा

माधव पोखरेल गोज्याङ्ग्रे
बोकाको बिहे

बोकाको बिहे

माधव पोखरेल गोज्याङ्ग्रे
गधाको कथा

गधाको कथा

माधव पोखरेल गोज्याङ्ग्रे
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
बुझौँ कुरा मित्रको

बुझौँ कुरा मित्रको

बालकृष्ण खनाल
परान गो

परान गो

भोलानाथ सुबेदी
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x