साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई जुत्ताको कथा

उनीहरूको भनाइ छ- “अब कसैको खुट्टाको लागि हामी उपयुक्त रहेनौँ, तर नेताको लागि उपयुक्त छौँ ।”

Nepal Telecom ad

अनुवाद : आर.सी. रिजाल

बायाँ खुट्टाको जुत्ताले दायाँ खुट्टाको जुत्तालाई सोध्यो- “तँ कुन कम्पनीको होस् ?” दाहिनेको जुत्ताले उत्तर दियो- “म बाटा कम्पनीको हुँ ।”

“साँच्चै” बायाँ खुट्टाको जुत्ता उसको कुरा सुनेर धेरै खुसी भएर भन्यो- “म पनि बाटा कम्पनीको हुँ ।”

दुइटा जुत्ता । दुवै जुत्ता ज्यादै बलिया र ज्यादै चम्किला थिए । दुवै एकआपसमा माया गर्थे । कहिल्यै छुट्टिएनन् । जहाँ जाँदा पनि सँगै हुन्थे र सँगै फर्केर आउँथे । कहिले पनि यस्तो भएन- एउटा जुता बाहिर जाँदा अर्को नमानेको होस् । दुवैमा घनिष्ट प्रेम थियो ।

दुवै खुट्टासँग एउटा एउटा मोजा र एउटा एउटा जुत्ता थियो । एउटा खुट्टाको जुत्ता अर्को खुट्टामा जान मान्दैनथ्यो । गल्ती भएमा ठीक गरिन्थ्यो । दुवैमा मनमुटाव हुने कुनै कारण नै थिएन ।

एकपटक दुवै जुत्ता बाटोमा हिँड्दै थिए । एउटा जुत्तालाई ढुङ्गामा ठेस लाग्यो । अर्को जुताले भन्यो- “नडराऊ, हिम्मत नहार म तिम्रो साथ छु ।” त्यो दिन दुइटै जुत्ताले जुन कष्ट भोग्नु पर्यो यसले उनीहरूको साहस बढायो र अनुभव पनि । उनीहरूले यस्तो सम्झे- यदि हामीहरू सहयोग र दृढतासाथ अघि बढ्यौं भने जीवनमा आइपर्ने हर कष्ट पार गर्न सक्छौं ।”

एउटा कुरामा दुवै जुत्ता आआफ्नो खुट्टालाई मन पराउँदैनथे । त्यो के भने खुट्टाले उनीहरूलाई छोडेर मन्दिरभित्र जानु, जुन मन्दिरमा पनि उनीहरू बाहिर नै फुकालिन्थे । दुवै जुतालाई ईश्वरप्रति विश्वास थिएन । जबसम्म खुट्टा मन्दिरभित्रबाट आउँदैनथ्यो, तबसम्म उनीहरू बाहिर नै बसिरहेका हुन्थे । उनीहरू भन्दथे- “हाम्रो ईश्वर त हाम्रो खुट्टा हो, जबसम्म खुट्टा हामीसँग छ हामीलाई अगाडि बढ्नबाट कसैले रोक्न सक्तैन ।”

यसरी हिँड्दाहिँड्दै उनीहरूको अन्तिम दिन आयो । एउटा जुत्तालाई यस्तो चोट लाग्यो कि ऊ हिँड्न सक्ने स्थितिमा रहेन । जीवनदेखि निराश भएर उसले अर्को जुत्तालाई भन्यो- “भाई अब म केही काम नलाग्ने भएँ । तँ मेरो स्थिति देखिरहेको छस् । मलाई यही हालतमा छाडिदे । तँलाई जहाँ जान मन लाग्छ जा । तैँ ठीक छस् बलियो पनि छस् । जीवनमा केही गर्न सक्छस् त्यसैले तँ जा ।

अर्को जुत्ताले भन्यो- “अहँ । मबाट यस्तो काम हुँदैन । तँलाई यो हालतमा छोडेर म जान सक्तिनँ । म तँसँग बस्छु तँबिना मलाई कहीँ राम्रो लाग्दैन । यस्तो हुँदैहुँदैन, हामी साथसाथै जिउँछौं र साथसाथै मछौँ ।”

बिस्तारैबिस्तारै उनीहरूको जीवन समाप्त हुन लाग्यो । उनीहरूका बीच गहिरो मित्रता र प्रेम थियो । दुवैले जीवनको अन्तिमसम्म साथ दिने वाचाबन्धन गरेका थिए । तर यसैबीच एउटा घटना घट्यो । एकदिन उनीहरूलाई खुट्टाले एकाएक लगाएर फटाफट हिँड्यो । जुत्ता पनि खुट्टासँगसँगै घस्रिँदै गए ।

त्यो व्यक्ति जसले यी जुत्ता लगाएको थियो राजनीतिक सभामा पुग्यो र भाषण सुन्त लाग्यो । त्यो मान्छेलाई नेताको भाषणमा के लाग्यो कुन्नि झुकेर दाहिने खुट्टाको जुत्ता फुकालेर मञ्चमा हान्यो ।

जुत्ता हावामा उड्यो, तीरजस्तो गएर नेताको नाकमा लाग्यो । समारोहमा होहल्ला मच्चियो सबै भागाभाग गर्न थाले । प्रहरीको लठ्ठी बर्सन लाग्यो र त्यो व्यक्ति जसको जुत्ता थियो, अर्को जुत्ता पनि त्यहीँ छाडेर भाग्यो ।

त्यो स्थान केही समयपछि सुनसान भयो । एउटा जुत्ता मञ्चमा थियो अर्को दर्शक दीर्घामा । मञ्चमा भएको जुत्ता चिच्चायो- “ए मित्र, मेरो जन्म त सार्थक भयो । म राजनीतिमा लागेँ । मलाई नेतालाई ताकेर हुत्याइएको थियो, म नेताको नाकमा बज्रन पुगेँ । अब म शेष जीवन राजनीतिमा नै रहेर बिताउँन चाहन्छु ।

दर्शक दीर्घामा रहेको जुत्ताले अफसोच प्रकट गर्दै भन्यो- “हेर्, मलाई कसैले उठाएनन्, तँ पो नाकमा लागिस्, मलाई पनि त्यसरी नै हुत्याएको भए म नेताको तालुमा बज्रने थिएँ ।”

एक रद्दी सामान जम्मा गर्नेले त्यहाँका जुत्ताहरू उठाई कवाडी पसलमा लगेर बेच्यो । आजकाल ती दुवै जुत्ता कवाडीमा छन् । उनीहरू त्यस्तो क्षणको पर्खाइमा छन्- त्यहाँबाट उनीहरूलाई उठाएर पाखण्डी नेतालाई हिर्काउन लगियोस् । उनीहरूको भनाइ छ- “अब कसैको खुट्टाको लागि हामी उपयुक्त रहेनौँ, तर नेताको लागि उपयुक्त छौँ ।”

यदि तपाईंमा इच्छा छ र हातपाखुरी बलिया छन् भने तपाईं यी जुत्ताको प्रयोग गर्न सक्नुहुन्छ । यदि साँच्चैको इच्छा छ भने त्यही नै जुत्ता किन चाहियो र जुनसुकै जुत्ताको पनि उपयोग गर्न सक्नुहुन्छ । देशका सारा जुत्ता राजनीतिक परिवर्तनको लागि तपाईंको सेवामा हाजिर छन् ।

‘भोलारामको आत्मा’ अनुदित सङ्ग्रह

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दुई लघुव्यङ्ग्य

दुई लघुव्यङ्ग्य

हरिशंकर परसाईं
दुई लघु व्यङ्ग्य

दुई लघु व्यङ्ग्य

हरिशंकर परसाईं
नहुषको निष्काशन

नहुषको निष्काशन

हरिशंकर परसाईं
केही लघुव्यङ्ग्यहरू

केही लघुव्यङ्ग्यहरू

हरिशंकर परसाईं
0
Would love your thoughts, please comment.x
()
x