साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो क्षेत्रका पतिहरू : एक सर्वेक्षण

सुरुको प्रेमले पछि पनि फाइदा नै पुर्‍याउँछ किनभने प्रेमको पट्टी आँखामा बाँधेर अन्धो बनेको पति घर छोडर यताउता लाग्दैन र यसरी टिकाउ सिद्ध हुन्छ ।

Nepal Telecom ad

शरद जोशी :

व्यङ्ग्यानुवाद : रमेश समर्थन

मेरो क्षेत्रमा केही पतिहरू बस्ने गरेका छन् । उनीहरू लखपति हुन् र सभापति हुन् । उनीहरू मात्र पति हुन्, शुद्ध पति जुन सीमित स्त्रीहरूका भाग्यमा मात्र लेखिएका थिए अनि पूर्वजन्मको वाचाबन्धनअनुसार उनीहरूका निम्ति उपलब्ध गराइएका थिए । उनीहरूको सङ्ख्या ठुलो छ र अनुपातमा हरेक घरका लागि एउटाको भाग परेको छ । उनीहरूको घाँटीमा एउटा सिक्री बाँधिएको हुन्छ र त्यसको एउटा भाग घरभित्र काम गर्ने उनीहरूकी पत्नीको हातमा हुन्छ । उनीहरूलाई निश्चित समयका लागि छोडिन्छ पनि र त्यति बेला उनीहरू सडकहरूमा भौंतारिँदै कार्यालयमा जान्छन् । उनीहरू सडकमा एक्लै देखिन्छन् । तर उनीहरू एक्लै छैनन् बरु कुनै स्त्रीका पति हुन् भन्ने कुरो उनीहरूको अनुहारमा स्पष्ट झल्किरहेको हुन्छ ।

जब उनीहरू जन्मेका थिए तब पति थिएनन् र उनीहरूलाई पति भइएला भन्ने अभिमान पनि थिएन । तर ठुलो भएपछि जब उनीहरू स्त्रीजातिको सम्पर्कमा पुगे तब जानी नजानी पतिपन देखाउन थाले र हेर्दाहेर्दै पति भए । विवाहको निकै समयपछि उनीहरू सोच्छन्, यो नगरेको भए उनीहरू के गर्दा हुन् ? मेरो क्षेत्रमा बस्ने पतिहरूको स्थिति यस्तै छ ।

म पतिहरूलाई काम गरिरहेको देख्छु । प्रायः उनीहरू हातमा झोला लिएर बजार जान्छन् र उताबाट सामानले थिचिएर फर्किरहेका देखिन्छन् । पतिहरूका केही रहरहरू हुन्छन् , जस्तै आफ्ना लुगामा आइरन गर्न लगाउनु, सुर्ती राखेको पान खानु या चुरोट खानु र सडकमा भौंतारिनु । केहीले यो सुविधा पाइरहन्छन् भने केहीले यही पनि पाउँदैनन् । पतिहरूमा केही सोच्ने र विचार गर्ने पनि हुन्छन् । अनि यसै दोषले गर्दा उनीहरू पत्नीसित असहमत पनि रहन्छन् । .यस अवस्थामा उनीहरू असल पति बनिरहन सक्दैनन् । भनेको खुरुखुरु मान्ने पतिहरूको तुलनामा यिनीहरू निकृष्ट मानिन्छन् ।

म त के पनि छ भने सभ्य पति हुनु नै सभ्य व्यक्तिको परिचय हो । तर जहाँ सभ्यताको विकास भएको मानिँदैन ती क्षेत्रहरूमा निकै ठोस, टिकाउ र विश्वस्त पतिहरू भेटिन्छन् । पति हुनु र सभ्यतामा के सम्बन्ध छ भन्ने कुरो भने विचारणीय छ ।

पतिहरूबाट ऊ सस्तो, सुन्दर र टिकाउ होस् भन्ने कुराको अपेक्षा गरिन्छ । हेर्दा राम्रो देखिने, स्वस्थ, इमानदार र कम खर्चमा पाइने पति सामान्यतः उपयुक्त मानिन्छ । राम्रो पति पाउनका लागि केही बढी खर्च सहनु पनि हानिकारक हुँदैन । जुन पतिहरू केवल प्रेममा परेर पति भएका हुन्छन् र पछि टिकाउ र उपयोगी पनि हुन्छन् ती घरका निम्ति गर्व तथा शोभाका वस्तु हुन्छन् । प्रेममा पतिलाई फकाउन सकिन्छ । यद्यपि यसका लागि केटीहरूले सुरुसुरुमा केही परिश्रम भने गर्नुपर्ने हुन्छ । सुरुको प्रेमले पछि पनि फाइदा नै पुर्‍याउँछ किनभने प्रेमको पट्टी आँखामा बाँधेर अन्धो बनेको पति घर छोडर यताउता लाग्दैन र यसरी टिकाउ सिद्ध हुन्छ ।

मेरो क्षेत्रमा पतिहरूको सामान्य स्थिति ठिक छ । केही पतिहरूले घरमा सेवा गर्नेबाहेक दुईवटा अन्य नोकरी गर्न पनि भ्याउँछन् र यसरी अन्य पतिहरूको तुलनामा राम्रा मानिन्छन् । अब अन्य क्षेत्रका पतिहरूसित मेरो क्षेत्रका पतिहरूको तुलना गर्नुपर्ने आवश्यकता छ । तर घरको झमेलामा परिरहनु परेका कारण अहिले त यो सम्भव छैन ।

०००
जोशीको १९८५ मा ज्ञानपीठद्वारा प्रकाशित कृति ‘यथासम्भव’बाट नेपाली अनुवाद ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गुडबाई वासुदेव दाइ !

गुडबाई वासुदेव दाइ !

राजेन्द्र सुवेदी
वर्ल्डकप

वर्ल्डकप

ईश्वर पाेखरेल
मन्त्री बिलौना

मन्त्री बिलौना

ध्रुव नेपाल
पर्दाभित्रको बुढ्यौली

पर्दाभित्रको बुढ्यौली

वासुदेव गुरागाईं
0
Would love your thoughts, please comment.x
()
x