सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मुसाहरू

अहिले हरेक पार्टीमा मुसाहरूको बिगबिगी छ र पार्टीहरू पनि मुसाहरूलाई दोसल्ला ओढाउन तँछाडमछाड गरिरहेका छन् ।

Nepal Telecom ad

मुसाहरू
आफू चढेको डुङ्गा छोडेर
अर्कै डुङ्गामा हाम फाल्छन्
डुङ्गा फेरीफेरी हाम फाल्छन्
लगातार हाम फालिरहन्छन्
मुसाहरू ।

डुङ्गामा
प्वाल परेर जब पानी पस्न थाल्छ
उनीहरू आफूू चढेको डुङ्गा टाल्दैनन्
बरु अर्कै डुङ्गा चढेर हुइँकिन्छन्
र आफूलाई वीर भएको घोषणा गर्छन्
कथम् कदाचित
पहिलाकै डुङ्गा राम्रो बन्यो भने
पुनः त्यही डुङ्गामा फर्किन्छन्
र आफ्नो लगानीको फल माग्छन्
मुसाहरू ।

अहिले हरेक पार्टीमा
मुसाहरूको बिगबिगी छ
र पार्टीहरू पनि
मुसाहरूलाई दोसल्ला ओढाउन
तँछाडमछाड गरिरहेका छन् ।

हेटौंडा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
हतियार

हतियार

आर.आर. चौलागाईं
कोमामा देश

कोमामा देश

आर.आर. चौलागाईं
गणतन्त्रको लाश

गणतन्त्रको लाश

आर.आर. चौलागाईं
सुशासन कायम राखौँ

सुशासन कायम राखौँ

आर.आर. चौलागाईं
किनकि तिमी नेता

किनकि तिमी नेता

आर.आर. चौलागाईं
पार्टी

पार्टी

आर.आर. चौलागाईं
सम्धी पुराण

सम्धी पुराण

घनश्याम रेग्मी
भन मित्र आगे

भन मित्र आगे

देव भट्टराई (२)
खै उज्यालो कहाँ छ ?

खै उज्यालो कहाँ छ...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जुत्ता

जुत्ता

ठाकुर बेलबासे