साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लौरो नै बलियो बनेपछि

लौरो भार नहोस् घमण्ड बटुली फाले तिमी त्यो पर । बन्लान् मार्ग सफा जसै तरहले नेपाल होस् सुन्दर ।

Nepal Telecom ad

लौरोको महिमा बढेर अहिले नेताहरू रुष्ट छन्
लौरो नै बलियो बनेपछि यहाँ भन्छन् नयाँ दुष्ट छन्
बैंसे जोस झिकेर यो शहरमा मान्छे बनुन् निर्भर
बन्लान् मार्ग सफा जसै तरहले नेपाल होस् सुन्दर ।१।

लौरो आश र खास हुन्छ चतुरो देखून् युवा शासन
पढ्लान् पाठ नयाँ बुझेर सहजै गल्ती नहोस् भाषण
लौरो भार नहोस् घमण्ड बटुली फाले तिमी त्यो पर
बन्लान् मार्ग सफा जसै तरहले नेपाल होस् सुन्दर ।२।

अस्ताए रवि जो जसै तरूहरू पल्टे लडे मातले
फुट्दा भाइसँगै लड्यौ नि नबुझी छोड्यौ खुशी हातले
लौरो सभ्य र भव्य होस् नगरको लाग्दैछ तिम्रै भर
बन्लान् मार्ग सफा जसै तरहले नेपाल होस् सुन्दर ।३।

पोखे रोष यहाँ बुझेर जनले फाले बढारीकन
नातावाद सधैं बढ्यो अनि पुगे आक्रोशमा सज्जन
छन् फोहोर जताततै सडकमा छिट्टै सफाई गर
बन्लान् मार्ग सफा जसै तरहले नेपाल होस् सुन्दर ।४।

लौरो होइन त्रास गौरव बनोस् सन्देश राम्रो दिनू
भुत्ते भो हँसिया हलो खिइसक्यो भन्ने बुझाई दिनू
कुर्सी स्वार्थविहीन होस् मुलुकको जान्यौ कि हे भर्खर
बन्लान् मार्ग सफा जसै तरहले नेपाल होस् सुन्दर ।५।

सिक्दै आपसमा गरौं कलमका छन् धेर सम्भावना
नारी वा नर एक हौं मुलुकका सद्भाव राखौं घना
नेपाली हुनुमा छ गर्व गतिलो यस्तै बुझे के छ र ?
बन्लान् मार्ग सफा जसै तरहले नेपाल होस् सुन्दर ।६।

सानाेठिमी, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परान गो

परान गो

भोलानाथ सुबेदी
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x