साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सपनाको सम्राट !

स्वप्नदर्शीले हतार हतार उठेर पर्दा खोल्यो । घाम पूर्वैबाट उदाएको थियो । तल सडकमा अरुकै विजय र्याली चलिरहेको थियो ।

Nepal Telecom ad

नयाँ साम्राज्य घोषणा हुँदै थियो ।
नयाँ साम्राज्यमा नियमहरू सबै नयाँ बनाइएको थियो ।

कुकुरहरू म्याउँम्याउँ गर्दै थिए
बिरालाहरू भुकिरहेका थिए,
सर्पहरू आकाशमा उडिरहेका थिए
चराहरू जमिनमा घस्रिरहेका थिए ।

सिंहहरू म्याँ म्याँ गरेर कराउँदै थिए
बाख्राहरू भने सिंह झैँ गर्जँदै थिए,
गाईहरू पोखरीभित्र बस्थे
माछाहरू जमिनमा थिए ।

घाम पश्चिमबाट झुल्किरहेको थियो
दिउँसै टहटह जुन लागेको थियो,
खुसी हुनेहरू रोइरहेका थिए
दुःखीहरू भने हाँसिरहेका थिए ।

नयाँ साम्राज्यको लागि नवसम्राटको खोजी हुँदै थियो ।
तर, अफशोच !
कोही पनि सम्राट हुन तयार थिएन ।
त्यागको चरम नमूना थियो ।
प्राप्तिको त कसैको कल्पनै थिएन ।
एकले अर्कालाई नवसम्राट बनिदिन अनुनयविनय गर्दै थिए ।

विना सम्राटको साम्राज्य हुन पनि सक्दैनथ्यो
सम्राट नपाएर साम्राज्य घोषणा हुन बाँकी नै थियो,
ठीक त्यसैबेला एउटा मान्छे आयो
र, भन्यो-
म तयार छु सम्राट बन्न,
नयाँ सम्राट पाएकोमा सबै खुसीले गदगद् भए ।

नवसम्राटको घोषणा हुनै लागेको थियो
हुन लागेको सम्राट झल्याँस्स निन्द्राबाट ब्युँझियो,
रातले नेटो काटेर बिहान भैसकेछ
झ्यालबाट कोठामा उज्यालो छिरिसकेछ ।

स्वप्नदर्शीले हतार हतार उठेर पर्दा खोल्यो ।
घाम पूर्वैबाट उदाएको थियो ।
तल सडकमा अरुकै विजय र्याली चलिरहेको थियो,
जोसँग हिजो मात्र उसले चुनाव हारेको थियो ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
प्रेम शताब्दी

प्रेम शताब्दी

डा. टीकाराम पोखरेल
कामरेडसँग तीन भेट

कामरेडसँग तीन भेट

डा. टीकाराम पोखरेल
सदावहार गाईजात्रा !

सदावहार गाईजात्रा !

डा. टीकाराम पोखरेल
जात्रा चोर

जात्रा चोर

डा. टीकाराम पोखरेल
कवि बन्ने रहर

कवि बन्ने रहर

डा. टीकाराम पोखरेल
एक …विद्को बकपत्र

एक …विद्को बकपत्र

डा. टीकाराम पोखरेल
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नशा

नशा

लोक सुब्बा
वैदेशिक रोजगार

वैदेशिक रोजगार

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x