बद्रीप्रसाद दाहाल ‘भस्मासुर’गणतन्त्र जिन्दावाद ?
आ-आफै हसुरी विधान मिचिने, जे देखिए दुर्गति , के यस्तो गणतन्त्रले मुलुकको, गर्ला कुनै उन्नति ?

मात्रै भाषण शक्ति-आसन बसी, नारा छरी धर्मर
कोरा स्वप्न नबाँड दीनजनका, भान्सा मझेरीतक ।
आ-आफै हसुरी विधान मिचिने, जे देखिए दुर्गति
के यस्तो गणतन्त्रले मुलुकको, गर्ला कुनै उन्नति ?
काला सम्पति भ्रष्ट तस्कर, सधैँ कार्बाहीभन्दा पर
सच्चा न्याय समानता मुलुकमा, अभ्यास हुन्नन् अझ ।
आफू नै नमुना बनेर पहिले, देखाइद्यौ नायक
त्यस्ता सम्पति कोषमा अबलगी, माग्द्यौ क्षमा शासक ।।
पानीमाथि बसेर नक्कल गरी, ओबानु को बन्छ र ?
मात्रै दौलत-सञ्चयी यदि भए, नेता कहाँ हुन्छ र ??
बन्दा शासकवर्ग मालिक धनी, बाँच्दैन यो पद्धति
देख्दैछौँ गणतन्त्र रूग्ण लिखुरे, हो देशकै दुर्गति ।।
मन्त्री सांसद जो प्रशासक ठुला, सम्पन्न सम्भ्रान्त छन्
केही तस्कर माफिया र बनियाँ, मात्रै सुखी मस्त छन् ।
त्यस्ता सम्पति दीन औ श्रमिकका, छाप्रा र झुप्रा पुगे
मात्रै यो गणतन्त्र बाँच्दछ यहाँ, सामन्त-वृत्ति झुके ।।
रङ्गी खोल नहाल शीर्षगण हो, बानी भए बाँदर
ओठे भक्ति नछेप शासकहरू, झन्-झन् भयौ काँतर ।
बोक्रे राष्ट्रियता पछार अहिल्यै, सीमा-सुरक्षा गर
मात्रै घिच्नु घिची र गौरव थिची, धोखा नबन्द्यौ अब ।।
धादिङ
Subscribe
Login
0 Comments
Oldest



































