साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १०३ औं श्रृङ्खला

विशिष्ठ अतिथि कलानिधि दाहालले निरन्तरता मात्र नभई आकर्षण पनि हुनु पर्छ, चन्द्रागिरिमा नयाँ स्रष्टा जोडिनु आकर्षण पनि छ भन्ने लाग्छ भन्नु हुँदै रचना सुनाउनु भयो ।

Nepal Telecom ad

काठमाडौं । २०७९ साल जेष्ठ ११ । चन्द्रागिरि साहित्य प्रतिष्ठानको १०३ औं स्वतन्त्र काव्य श्रृङ्खला सम्पन्न भयो ।
प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको अध्यक्षता एबं बरिष्ठ साहित्यकार सुसेली प्रवर्तक दुर्गा अधिकारी भमरकोटेको प्रमुख आतिथ्यतामा साथै बरिष्ठ साहित्यकार डा. बमबहादुर थापा, कलानिधि दाहाल, गंगा लिगल, खगेन्द्र बस्याल, लक्ष्मीप्रसाद मिश्र, गुप्त बहादुर श्रेष्ठको विशिष्ठ आतिथ्यता रहेको थियो ।

सुधा बास्कोटा ढकालको कुशल उदघोषणमा भएको काव्य गोष्ठीमा अतिथि साहित्यकारहरू क्रमश.उत्तम भेटवाल, उर्मिला पन्त, सीता घिमिरे, टेकबहादुर लौडारी, बीरवहादुर लोहनी, गंगा अभिलाषी, जानुका थापा, दुर्गा रिमाल अधिकारी, द्वारिका कुईंकेल, चन्द्रावती अधिकारी, राधिका कल्पित र सुधा बास्कोटा लगायत २० जना सर्जकहरूले आ-आफ्ना कविता, खोरिया र सुसेली वाचन गर्नु भयो ।

प्रमुख अतिथि भमरकोटेले स्वदेश बुझ्न एक महिना मात्र भए नि विदेश जानु पर्छ अनि मात्र देश बुझिन्छ भन्नु हुँदै चन्द्रागिरिसँग मेरो नाता लामो छ साहित्यलाई दिने योगदान बमबहादुर, कलानिधि र जनार्दन धड्कनले जस्तै साहित्यमा योगदान दिन सके कस्तो हुन्थ्यो भन्ने लागेर हातमा हात मिलाएर हिँडिरहेको छु भन्नु भयो । उहाँले वाचित रचनाको टिप्पणी सहित आफ्नो रचना सुनाउनु भयो । बरिष्ठ साहित्यकार डा.बमबहादुर थापाले चन्द्रागिरिको नियमित कार्यक्रमको मुक्तकण्ठले प्रशंसा गर्नु हुँदै १०३ श्रृङ्खलासम्म आईपुग्दा धेरै साहित्यकार, सर्जकहरूलाई अबसर सिर्जना गरेको छ भन्नु हुँदै रचना सुनाउनु भयो ।

अर्का विशिष्ठ अतिथि कलानिधि दाहालले निरन्तरता मात्र नभई आकर्षण पनि हुनु पर्छ, चन्द्रागिरिमा नयाँ स्रष्टा जोडिनु आकर्षण पनि छ भन्ने लाग्छ भन्नु हुँदै रचना सुनाउनु भयो । अन्तमा जनार्दन अधिकारी धड्कनले १०३ श्रृङ्खलासम्म निरन्तर यहाँहरूको माया र समयको योगदान भएकोले कार्यक्रम उत्साह जनक रुपमा अगाडि बढेर हर्षलाइ स्वागत गर्न पाएको हो भन्नु भयो । अहिले खोरिया र सुसेली भजनको लयमा भागवत सप्ताहमा पनि गाएको सुन्न पाउँदा खुशी लागेको छ भन्नुहुँदै आजका प्रमुख अतिथि र जोडिनु हुने सम्पूणर् स्रष्टाहरू, संरक्षक, कार्यक्रम संयोजक सुधा बास्कोटा ढकाल लगायत सम्पूणर् उपस्थित अतिथि स्रष्टा महानुभावहरूमा हार्दिक कृतज्ञता अर्पण गर्नु हुँदै र खोरियाको सैद्धाान्तिक अवधारणा प्रष्ट्याउँदै खोरिया र गजल वाचन गरि कार्यक्रम समापनको घोषणा गर्नु भएको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x