साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेताजीले देशै खाने भए

अन्नबाली लगाउने, गोड्ने छैनन् कोही मालिकको गोडा मोल्न छोड्ने हैनन् कोही । संविधान मिची उर्दी दिने भए मन्त्री रिमुटले चल्ने भए खाँटी गणतन्त्री ।

Nepal Telecom ad

हिजो भन्थे- नेताजीले देशै खाने भए
आज भन्छन्- नेताजीले देशै लाने भए ।
कोही भन्छन्- देशलाई यहाँसम्म ल्याए
म त भन्छु- कुम्ल्याएर मुलुक नै भ्याए ।

भाइलाई फुटाउने सिरानीमा बसे
एकतामा जुटाउने जङ्गलमा पसे ।
सत्ताधारी टाउकेले खानसम्म खाए
राष्ट्रवादी जनताले पाउनु गोता पाए ।

कोही ठूला माछालाई जोगाउन थाले
कोही चाहिँ भाले-पोथी जुधाउन थाले ।
ठेल्ने, खेल्ने, खेलाउने परदेशी रहे
स्वदेशका प्रतिनिधि खेताला झैँ भए ।

अन्नबाली लगाउने, गोड्ने छैनन् कोही
मालिकको गोडा मोल्न छोड्ने हैनन् कोही ।
संविधान मिची उर्दी दिने भए मन्त्री
रिमुटले चल्ने भए खाँटी गणतन्त्री ।

यही वर्ष, केही हर्ष हुन्छ भन्ने आशा
बोकी जन तम्सेका छन् फाल्न वनमासा ।
मनोमानी धनमासा मासिएको छिन
पर्खिएर बसेका छन् भोलिका ती दिन ।

नागार्जुन न.पा.-१, रानीवन, काठमाडौँ
९८४१४९१०८१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
तमासा

तमासा

डा. बमबहादुर जिताली
बाँदर्नी मैयाँ र ढेडुको तमासा

बाँदर्नी मैयाँ र ढेडुको...

डा. बमबहादुर जिताली
हालको बेहाल

हालको बेहाल

डा. बमबहादुर जिताली
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
बोको

बोको

डा. विप्लव ढकाल
0
Would love your thoughts, please comment.x
()
x