साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एक लाख राहत

एउटाले भनिहाल्यो- जिउँदोलाई दिँदैन, मुर्दाले लिँदैन । समाजसेवीले गज्जब राहत दियो । जिताएको ठाउँमा हराएको भए राहत पाइन्थ्यो कि ?

Nepal Telecom ad

एक समाजसेवीले हरेक विपदमा सहयोग गर्दै आएका थिए । पदमा नहुँदा त सहयोग गर्छन् भने पदमा पुर्‍याउँदा झन् धेरै गर्लान् भन्ने भयो । गाउँटोलमा सबैको एकै बोल भएपछि सहयोगकै कारण तिनले चुनाउमा जित्ने मौका पाए ।

गाउँमा फेरि विपद् आयो । प्राकृतिक विपद् आइरहन्छ । यसपटक विपदमा नै वाहवाही लुट्न मौकामा चौका हान्दै पूर्व समाजसेवीले घोषणा गरे- मरेकालाई एक लाख राहत दिन्छु ।
जीवितहरू खुसी भए ।

जति खुसी भए पनि मर्न कोही चाहन्छन् ? मर्नेहरू पनि चाहेर मरेका हुँदैनन् ।
तैपनि विपदम केहीको दुःखद निधन भयो ।

आफन्त राहत माग्न पुगे । घोषणामा भनेजस्तै राहत दिने कुरा गरे । फारम भरे । कोही पर्खन थाले, कोही फर्कन थाले । समाजसेवीको नाक मुख देखेर कोही तर्सन थाले । कोही पछाडिबाटै भए पनि चट्याङ झैँ गर्जन र बर्सन थाले । पदमा पुगेका समाजसेवीले विपदमा परेकोलाई राहत दिनुपर्नेमा आहत दिन थालेको महसुस भयो ।

नियम कानुन बनाएर राहत बाँड्ने साइत जुर्‍यो । राहत पीडितले पाउने हो । मरेकाहरूलाई पीडित मानियो र पीडितकै सहीछाप खोज्न थालियो ।

एकपटक राहत लिन अठाइसपटक आहत भएपछि पीडितका आफन्तहरूले राहत पाउने सुने । तोकिएको ठाउँमा पुग्दा पीडितलाई प्रमाणसहित बोलाउन थालिएको सुनियो- पीडितहरू हाजिर हो, पूर्वघोषणाअनुसार एक लाख रुपैया राहत लैजाओ ।

पीडितका आफन्त अमान्य हो । राहत पाउन पीडित नै आउनुपर्छ ।
एउटाले भनिहाल्यो- जिउँदोलाई दिँदैन, मुर्दाले लिँदैन । समाजसेवीले गज्जब राहत दियो । जिताएको ठाउँमा हराएको भए राहत पाइन्थ्यो कि ?

राैतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
सुप्रिमो

सुप्रिमो

सञ्जय साह मित्र
कुत्ताभक्ति

कुत्ताभक्ति

सञ्जय साह मित्र
विवाह विदा र हनिमून प्याकेज

विवाह विदा र हनिमून...

सञ्जय साह मित्र
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x