सञ्जय साह मित्रएक लाख राहत
एउटाले भनिहाल्यो- जिउँदोलाई दिँदैन, मुर्दाले लिँदैन । समाजसेवीले गज्जब राहत दियो । जिताएको ठाउँमा हराएको भए राहत पाइन्थ्यो कि ?

एक समाजसेवीले हरेक विपदमा सहयोग गर्दै आएका थिए । पदमा नहुँदा त सहयोग गर्छन् भने पदमा पुर्याउँदा झन् धेरै गर्लान् भन्ने भयो । गाउँटोलमा सबैको एकै बोल भएपछि सहयोगकै कारण तिनले चुनाउमा जित्ने मौका पाए ।
गाउँमा फेरि विपद् आयो । प्राकृतिक विपद् आइरहन्छ । यसपटक विपदमा नै वाहवाही लुट्न मौकामा चौका हान्दै पूर्व समाजसेवीले घोषणा गरे- मरेकालाई एक लाख राहत दिन्छु ।
जीवितहरू खुसी भए ।
जति खुसी भए पनि मर्न कोही चाहन्छन् ? मर्नेहरू पनि चाहेर मरेका हुँदैनन् ।
तैपनि विपदम केहीको दुःखद निधन भयो ।
आफन्त राहत माग्न पुगे । घोषणामा भनेजस्तै राहत दिने कुरा गरे । फारम भरे । कोही पर्खन थाले, कोही फर्कन थाले । समाजसेवीको नाक मुख देखेर कोही तर्सन थाले । कोही पछाडिबाटै भए पनि चट्याङ झैँ गर्जन र बर्सन थाले । पदमा पुगेका समाजसेवीले विपदमा परेकोलाई राहत दिनुपर्नेमा आहत दिन थालेको महसुस भयो ।
नियम कानुन बनाएर राहत बाँड्ने साइत जुर्यो । राहत पीडितले पाउने हो । मरेकाहरूलाई पीडित मानियो र पीडितकै सहीछाप खोज्न थालियो ।
एकपटक राहत लिन अठाइसपटक आहत भएपछि पीडितका आफन्तहरूले राहत पाउने सुने । तोकिएको ठाउँमा पुग्दा पीडितलाई प्रमाणसहित बोलाउन थालिएको सुनियो- पीडितहरू हाजिर हो, पूर्वघोषणाअनुसार एक लाख रुपैया राहत लैजाओ ।
पीडितका आफन्त अमान्य हो । राहत पाउन पीडित नै आउनुपर्छ ।
एउटाले भनिहाल्यो- जिउँदोलाई दिँदैन, मुर्दाले लिँदैन । समाजसेवीले गज्जब राहत दियो । जिताएको ठाउँमा हराएको भए राहत पाइन्थ्यो कि ?
राैतहट
Subscribe
Login
0 Comments
Oldest







































