साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ढ्वाङ्खाली पार्टी

भुँडीभित्र वाइड बडी र न्यारो बडीका बोइङ्ग जहाज, कोरोनाका परीक्षण किट्देखि गोकर्ण सफारीको जङ्गल रेष्टुराँसम्म अटाएको रहेछ । ज्यादा हसुरेर अटसमटस हुँदा भित्री पाचनतन्त्र क्षतविक्षत ।

Nepal Telecom ad

महामहिम अकबरे नेताजीलाई अरुअरु पार्टीका नेता कार्यकर्तालाई गालीगलौज खिसिटिउरी गर्न जति मजा आउँछ, त्यति आपूmना कमीकमजोरी र अक्षमताबारे केही शोच्न संझिन फुर्सद हुँदैन । अझ देश जनताको त कुरै छोडीदिउँ, चौवीसै घडी पला निमेष पनि उहाँ आफ्ना गल्ती, दुच्छर चरित्र र बेइमानीले देश र जनता बर्बादीतर्फ ढुन्मुनिँदै गरेकोबारे अलिकति पनि सतर्क बनेर समय खेर फाल्न चाहनु हुन्न, म जे छु ठीक छु र ममात्रै संसार हो भन्ने जिद्दीमा अडिनु हुन्छ । बाँकी पनि अरुकै खोइरो उतार्ने र त्तोसरापरुपी पवित्र कार्यमा जिन्दगी लगाउनु हुन्छ । कथंकदाचित् दुइचार छिन बाँकी रहीहाले पनि बोका, च्याखुरा, भँगेरा लडाएर दृश्यपान गर्न मजा मान्नुहुन्छ । आपैmलाई अब्बल राजनीतिज्ञ ठानेर यत्ति नै संसार हो र सामाजिक बन्नुको धर्म कर्म पनि यत्ति हो भन्नेमा अविचलित रहनु हुन्छ । राज्यले दिएका भारीभर्कम वैरोपैरो सुविधा र देशविदेशका दलाल, ठग, तस्करले टकारेका भोज भण्डारामा सधैँ रमाउनुहुन्छ । बस तब न क्रान्तिकारी नेता ?

नयाँ निर्वाचन पनि आउँदैछ भन्ने हल्लाले होला, कोरोना भाइरसका नानाथरी भेरिएण्ट भएजस्तै राजनीतिको मैदानमा उत्रिएका जबस्र्वाँठ लबरपाँडेहरूका पनि नयाँ नयाँ भेरिएण्टहरू देखा पर्दैछन् । आउँदो चुनावमा कतै च्याँखे थापेर, कतै नयाँ नयाँ पाराका छिर्के दाउ हानेर, कतै लुटपाट मच्चाएर जनताको नजरमा आप्mनो भाउ बडाउने अक्कील गर्न लागेका छन् छुल्यहा, मूल्याहा र हुल्याहा जमात । कुनै स्वतन्त्र, कुनै परतन्त्र, कुनै पर जातन्त्र अनि कुनै वर आतन्त्र कुनै फासफुस तन्त्र त कुनै बकमफुस तन्त्रजस्ता अनेकन् तन्त्रमन्त्र मण्डित जठराग्निधारी पार्टी नाउँका भेरिएण्टहरू छलमैदानमा उत्रिएर छेलो हान्ने तर्खरमा झिँगे दाउका पाखुरा निमोठ्तै गरेका देखेर यो लेखन्ते पनि रमिता मनाउने दिन आएको ठानेर मक्खै पो छ त ! ए बाबा कतिथरि हुन् त यी खाउगुजी फोहोर बोकेका भेरिएण्ट पनि ? अनिकाल डाक्न आएका सलहजस्तै ।

पारी टोलका गेरुवाल अक्कले दाइ भने नेपालमा यतिविधि पार्टीहरू काउसो सप्रिएझैं लहलहाएको देखेपछि घाँस पराल हाल्ने नयाँ टाट्नो बनाइरहनु नपर्ने सोचेर मख्ख परेका खबर आइरहेका छन् । यो न भए ऊ, ऊ नभए त्यो ! ए दैव राष्ट्रवादी पार्टीको यत्रो पल्टन त संसारका कुन चैं संसदीय व्यवस्थामा होला र ? पक्कै छैन । अब उनको लागि पाउलागि गरेर दाऊ लगाउन तम्सिने सपूतको के कमी ? स्वतन्त्र रूपका यत्रोविधि कुरूप पार्टी खुल्ने भएपछि अरु तुरूप खोज्नै परेन । पुराना परतन्त्रे पार्टीलाई घाँस पराल हाल्ने झञ्झट पनि बाँकी रहेन । स्वतन्त्र पार्टी भन्ने बित्तिकै स्वच्छन्द त यसै पनि हुने नै भए । यस्ता पार्टी गठन गर्न धोतीपाटा फेर्ने सपूतले कम्तीमा दुईचार देशी विदेशी परस्त्रीलाई आफ्नी गृहीणी बनाउँदै भित्र्याएका अनि आप्mना साख्खै सतीसवित्रीहरूलाई घोक्रेठ्याक लगाउँदै अन्नपानी बञ्चित गरेर लखेटेका अनि बालबच्चाहरूको चिल्लीबिल्ली बनाएको र अंगभंग हुनेगरी शारीरिक घात पारेको अनि सत्तो सराप गरेर मानसिक आघात पुर्‍याइआएका बहादुर जब्बर चरित्रहरूको इतिहास पनि निर्वाचनको लागि थप योग्यता बन्नेछ । बासी समाचार र घटनाको उति महत्व रहन्न भन्ने कुरा जनता जनार्दनले बुझिदिनु आवश्यक रहेछ ।

अगाडिका अक्षरको लहरमा तन्त्रैतन्त्र जोडिएपछि जाँडतन्त्र, भाँडतन्त्र, कुल्फीतन्त्र, जुल्फीतन्त्र, जटातन्त्र, फगटातन्त्र, जगल्टातन्त्र आदि इत्यादि नाना कित्ताका पार्टीहरू पनि तरबरै खुल्ने भए । तर यो चालाले पनि पोजिटिभ रिजल्ट देखाएन । परिणम के भयो त भन्दा नेताजी थप चिन्ता र दुस्वप्नको सिकार बन्न थाल्नु भएछ । आप्mनो खाइपाइ आएको परम्परागत बपौती भाग अरुले धक्का दिएर बाजीमार्ला भन्ने दीव्य कपट नेताजीमा जागृत भएको कुरा आकृतिबाटै थाहा लाग्न थालेपछि परेन फसाद ? भर्खरै नगरपालिकामा देखिएका स्वतन्त्रेहरूको चुरीफुरीले त झन् नेताजीका मनभरी तनभरी दिमागभरी दुस्वप्नका ताती लागेर भाँती भातीका खलाँती चलाउन थाले । फलाम गाल्ने गोल पोल्नका लागि चल्नु पर्ने खलाँती नाउँको बूढी बाख्रीको छाला नेताजीका दिमाग र मुटुमा एकसाथ चल्न थालेपछि नसोचेका अरु अनर्थ हुन पनि के बेर ?

यस्तै र यिनै खाले अरुअरु दग्धीले गर्दा अलि दिन यता नेताजी अस्वस्थ भएको खवर तीनपाने बिर्साउने तालले भट्टी रेष्टुराँहरूमा रमरम फैलियो । हाल सोध्नु नपर्ने, मुख सुँघ्नु पनि नपर्ने परैबाट हाउभाउले थाहा भैहाल्ने ! नेताजीलाई तुरुन्त अस्पताल लैजाने परिवन्द नमिल्ने त कुरै भएन ! स्वदेशका अस्पताल क्लिनिकहरूले भगवान विष्णुको विराट स्वरूपजस्ता अनन्त हाँगा बिगाधारी नेताजीको बहुरोगी ज्यानलाई थेग्ने आँट जो गरेनन्, सवै अर्जुन पो कहाँ हुन्थे र ? उनीहरू पनि एक गठ भएर विदेशका महँगा अस्पतालमा लैजाने सिफारिस जो गरिदिए ।

मोटो सरकारी रकम कुम्ल्याएर विदेश जाने अनि त्यहाँ पुगेर चुनदाम खर्च नगरी फर्किने ट्याक्टिस नेता दिमागमा पहिल्यैदेखि नचलेको पनि होइन । कहिले बोसेआन्द्रो गुजुल्टिएको, कहिले प्रोष्टेटमा स्टेस् परेको, कहिले हाइडेसीलमा खिल पल्टिएको, कहिले लिभरमा दख्खल परेर फिभर उप्जिएको, कहिले किड्नीले सिलटिम्बूर फलाएको, कहिले तिघ्रामा बाल्तोड बल्झिएको आदिइत्यादि नयाँ नौला बाहनाबाजीका समस्यामा पर्दै विदेश धाएको त पहिलेदेखिनै हो । चिटीमार नेताजीहरूमध्ये कहिले राम, कहिले बलराम, कहिले परशुराम, आदिले पालो पुर्‍याउँदै आएका कुरा छर्लङ्गै नभएको पनि होइनन् । आउँदो चुनावमा पनि भत्खरौ भरिया डोले चम्चे भिजिलान्ते सारालाई कुस्त खुवाएर बूथ कब्जाको परिबन्द बेलैमा गर्नलाग्नु भएका नेताजीमा स्वास्थ्य समस्याको निहुँ आइपर्दा चिकित्सक वर्गमा पनि खुशीको ठेगान रहेन । उनीहरू पनि सोझो व्यवसायभन्दा नेता रिझाउने बाङ्गो खुराफत गरेर तक्मा मेडल प्रमोसन अनि ठूला अस्पतालमा डीन भीसीका कुर्सी हल्लाउन लालायित बन्ने जो भए ! र्

ढुकुटी सुमर्ने कर्मचारीलाई मध्यरातमा भिजिलान्ते पठाएर कञ्चटमा कटुवा तेस्र्याएपछि सदावर्त पनि खुला हुने नै भयो । त्यही सदावर्त सड्काएर दनक दिएपछि गरिबी निवारण कोश जति आधिव्याधि निवारण कोषमा परिणत हुने जादू पनि यहिँ देख्न पाइने नै भयो । “गरिबी त यो असार संसारकै गहना हो, यसको निवारण कहाँ भा छ र नेपालमा हुनु ? यो त यस्तै बेलाकुबेला राष्ट्रलाई अभर पर्दा भर गर्न सकिने साधन हो ।” ठूला नेता प्रशासकले गर्दै आएका तर्क थिए यी ।

एकथरी आफन्त र हरूवा चरुवाले अन्दाज गरे नेताजीलाई सत्ता बाहिर रहनुपर्दा ब्रेनडेनको विमारी लागेको हुनुपर्छ । घरभित्र काम नपाएको दिमाग घरी घरबाहिर बरालिन र घरि देशबाहिर बुर्कुसी मार्न चौ चौ गरिरहेको हो । घरभित्रको आन्तरिक प्रशासनको विश्लेषणमा नेताजीको ब्रेनमा थोरै दुरुमपानी चडेको र थोरै धतुरो अँगेरीको राग बढेको पनि निष्कर्ष थियो । भित्रियाहरूको साउतीमा भएको यो निष्कर्षलाई अरुले खण्डनमण्डन गर्ने हैसियत पो होस् कसरी ? पहिले पनि सन्नीको पीलो उपचार गर्न जाँदा करोडौं गँमक्र्याएको र ढुकुटीलाई खँजाहा बनाएकै हो भन्दै कुरा उधिन्दै र निफन्दै थिए कोही ।

उपचारलाई निहूँ बनाउने औपचारिक मेसो मिलाएर विदेशी महानगरका दुईचार भट्टीमा दशबीस दिन बिताएर स्वदेश फर्किएका नेताजीको विमानस्थलमा हुनुसम्मै स्वागत भयो । त्यसपछि पनि विमानस्थलदेखि निवाससम्म रथयात्राकै रूपमा स्वागत जात्रा सम्पन्न भयो । त्यसपछि केही दिन त आरामसँग बितेकै हो तर चुनावको चर्चा बाक्लिन थालेपछि नेताजीको दिमाग फेरि पातलिन थाल्यो । बेला कुबेला मेसो नमिलाई धताउने गर्दा नेताजीका पकेटका मानिस आफूलाई सताउन नाटक गरेको भन्न थाले । कार्यकर्ताहरू पनि विनाधतुरो नेताजी कसरी धताउन थाल्नु भो भनेर यक्ष प्रश्नमाथि दक्ष यज्ञको कथा जोड्न थाले । शंकाले डस्यो प्रजापति बालाई जस्तै ।

फेरि पनि बारम्बार छटाउँदै गरेको छाँट देखिएपछि कार्यकर्ताहरूले लागूभागूको शङ्काले तत्काल नेताजीलाई बाबा गोरखनाथको आश्रममा पुर्‍याए । बाबा गोरखनाथले धन्वन्तरीको याप्रोन लगाएर लहराबेहरा झुण्ड्याउँदै चिकित्सकीय योगमा एकछिन तल्लीन भएर आँखा खोल्नु भयो ! अनि नाडी छाम्दै भन्नु भयो “यसको विमारी दीर्घ रोगमा परिणत भएछ ।” अनि मुटुतिर हात लगाउँदै भन्नु भयो- “यसको मुटुमा खलाँती चलेको छ । बुभ्mदछौ नि खलाँती भनेको ? आरनको खलाँती भनेको के । मुटु कैले फेरेका थियौं । यसको पाचनतन्त्र पनि सुँगुरको बोसेआन्द्रो जडेको रहेछ । त्यसैले यो जति खाए पनि नअघाउने रहेछ । भुँडीभित्र वाइड बडी र न्यारो बडीका बोइङ्ग जहाज, कोरोनाका परीक्षण किट्देखि गोकर्ण सफारीको जङ्गल रेष्टुराँसम्म अटाएको रहेछ । ज्यादा हसुरेर अटसमटस हुँदा भित्री पाचनतन्त्र क्षतविक्षत बनेजस्तै बाहिरी वाचनतन्त्र पनि जर्जर बनिसकेछ । कुनै अर्थ नभएका बकम्फुसे कुरामा मस्त बन्दो रहेछ र अरुलाई घोचपेच गर्दा र हिकेर बोल्दा आफूलाई ठूलो ठान्ने बालरोगले यसलाई बिताएछ । फटाहा जालीजुलूमी कुरामा आआफैं आनन्द लिँदो रहेछ ।”

“अव के गरौं त प्रभो !” कार्यकर्ताले सुध्याउँदा बाबाले भन्नु भयो, “अब यसलाई राजनीति गर्न छुटाए बौलाइहाल्छ । हालकै माउ पार्टीमा बस्न दिए पनि त्यो पूरै परिवारलाई पाटीको बास गराउने जोग परेको देखिन्छ । त्यसैले अब यसलाई नितान्त नौलो पार्टी खोलेर चौवीसै घण्टा भाषण ठोक्ने सल्लाह दिन सकिन्छ । कस्तो पार्टी के नामको पार्टी खोल्ने भन्ने दुविधा परेको छ भने पनि धन्दा मान्नु पर्दैन । स्वतन्त्र परतन्त्र, जाँडतन्त्र भाँडतन्त्र एकतन्त्र, बहुलतन्त्र आदि अनेक हुन सक्छन् पार्टीका नाम । जार पार्टीले बजारको धूलो चाट्न बेर नमान्ने भएकाले अझै नौलौ बञ्जारा पार्टी खोलेर खैलाबैला गर्नु बेश बत्स ! अझै यथार्थको धरातलमा उत्रिएर भन्छौ भने तिम्रा नेतालाई सुहाउँदो पार्टी हो ।

“ढ्वाङखाली पार्टी ।” यसैभित्र तिम्रो र यी नेता नामक अनर्थकारी परानीको पनि उन्नति प्रगति सुरक्षित छ वत्स !”

गोरखनाथ बाबा ध्यानमा बस्नु भो । सुन्दै फुलेल बनेका नेताजीले पनि टाप कस्नु भो ! कुरा खतम !

काठमाडौं
मो. ९८४१६४७१८९

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आन्दोलनका फुरौला !

आन्दोलनका फुरौला !

नरेन्द्रराज पौडेल
मालाको कमाल

मालाको कमाल

नरेन्द्रराज पौडेल
बिर्ता बजार

बिर्ता बजार

नरेन्द्रराज पौडेल
काले र भाले

काले र भाले

नरेन्द्रराज पौडेल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
अथ श्री कोसेली महात्म्यम् !

अथ श्री कोसेली महात्म्यम्...

नरेन्द्रराज पौडेल
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x