साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सरकार हरायो भन्छन्

सरकार भित्र घरझगडा भाग बिलो नपुगेर कोही अटाए तराजुमा कोही उछिटिए निचोरिएर

Nepal Telecom ad

सरकार हरायो भन्छन् सरकार चाहिँ गयो कता
जनताको घरमा दुःख पस्यो लम्पसार छ रे उता
सरकार गड्यौला जस्तो घिस्रदै छ रे भर्खर
बिध्न बाधा जनतालाई हो सरकारलाई के को डर ।

सरकार बाढीमा डुब्दैन न पर्छ भेल पहिरोमा
सरकार मँहगीमा चेपिदैन न घिस्रिन्छ हिलो गहिरोमा
सुतेको थियो रे सरकार कानमा तेल हाली उता
-याल चुहेर भिजेछ तकिया अनि सिरक ।

सरकार भित्र घरझगडा भाग बिलो नपुगेर
कोही अटाए तराजुमा कोही उछिटिए निचोरिएर
सरकारलाई दमको रोग चिसोबाट बच्नु पर्ने
त्यसैले होला सरकार बाहिर तिर नभेटिने ।

भाग बिलो बाँडफाँड देश लथालिङ्ग भो
एउटाको भागमा कलम अर्को रुखमा जिल्ला भो
सूर्यमा ग्रहण लागेछ हँसियाहथौडा सिका लागे
छाता गिलास बेपत्ता छन् सरकार आफ्नो धुनमा छ रे ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उहाँ कवि हुनु भो

उहाँ कवि हुनु भो

भोलानाथ सुबेदी
टाउको

टाउको

भोलानाथ सुबेदी
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
0
Would love your thoughts, please comment.x
()
x