साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हत्या कानूनको गर्नेहरू हो !

मरेकालाई खरानी पार्छ जिउँदालाई जिउनै दिन्न अलाप विलापमा दण्डित गर्दै मार्छ बाँचेर मर्न कति गाह्रो छ ? मर्नेका बालाई सोध मर्नेका आमालाई सोध बाजे बजैलाई सोध छरछिमेकीलाई सोध ।

Nepal Telecom ad

खबर मान्छे मारेको आउँछ
खबर गोली चलेको आउँछ
खबर खुकुरी फड्केको आउँछ ।
रैवार मान्छे ढलेको आउँछ
नासो आउन छोड्यो आजकाल
खिर, माणा र बटुक हराएछन्
लाउन, बाबर र कसार कताकता इतिहासमा
जताततै चाउमिन, चाउचाउ छ
सोधनीमा कोक, फान्टा खायौ भन्ने आवाज आउँछ ।

कतै कुना कन्दरातिर सुत्केरी सडकमै छोरा जन्माउछिन्
उतैतिर भेलमा तन्नेरीलाई गाडले बगाउँछ
किशोरले हँसियाको छप्कोसँगै रूखबाट परलोक रोज्छ
घाँसको गाँजोसंगै किशोरी भिरबाट लिला समाप्त गर्छिन्
चोला बदलेको आँसुमा डुब्छ समाज
बाध्यताका जँघार हुन् यी खोला, रूख र भिरहरू
यस्तैमा कति सकिए सकिए भावी वीरहरू ।

छाउगोठ त कर्ममै थियो
मान्छेको आकार गर्भमै तुहियो
यो त प्रदत्त उपहार
यो त नियतिको खेल
कसले रोक्थ्यो र ?

बरू शुरू भएको छ नयाँ खेलो
नियति होइन नियतको झेल हो
चोरलाई चौतारी, साधुलाई सुली
घर पराइको, पराइ मूली
सरकारी सम्पति साहुको
साहु सरकारको
सरकार साहुको ।

जनता खोज्छ न्याय
न्याय खोज्छ प्रमाण
प्रमाण बन्छ कानून्
धारा कानूनका अर्थ खोज्छन्
अर्थ शब्दकोशमा भेटिन्छन् थरिथरी ।

रामशाहपथतिर कलमका निभहरू बङ्ग्याइन्छन्
सिंहदरवारतिर नीति, नियम खोज्दाखोज्दै सूर्य अस्ताउँछ
सदनतिर धाराहरू परिवर्तन गर्न अँध्यारो कुर्नुपर्छ
सभा प्रेमी निन्द्रामा मस्त हुँदा
केहि थान मालिकहरूको उपस्थितिमा
धारा, उपधारा परिवर्तन हुन्छन्
सपनाबाट झल्याँस्स बथानहरूको ताली गडगडाहट बज्छ
धाराको सँगालो पास ।

बेखबर बथान, मालिकको विश्वासमा घुरिरहँदा
सपनाको झझल्कोले भोलिको आसमा
आज त्रासले पछ्याउँदै
भोलि पनि यस्तै एअर कण्डिसनमा सुत्नु छैन ?
सुत्नु छ भने बजाऊ ताली
मन धितो राखेर उपमन खोली ।

नूनले कानूनको हत्या गर्छ
हत्यारा कानूनले कति मार्छ कति
मरेकालाई खरानी पार्छ
जिउँदालाई जिउनै दिन्न
अलाप विलापमा दण्डित गर्दै मार्छ
बाँचेर मर्न कति गाह्रो छ ?
मर्नेका बालाई सोध
मर्नेका आमालाई सोध
बाजे बजैलाई सोध
छरछिमेकीलाई सोध ।

भिर, गाड र रूखले मार्नुभन्दा
नुनूले बनाएको कानूले मार्नु कति पीडादायी हुन्छ
प्राकृतिक हत्या भन्दा कानूनी हत्या कति क्रुर हुन्छ
नपत्याए कानूनले मारेका बाँचेकाहरूलाई सोध
हत्या कानूनको गर्नेहरू हो !

०००
कैलाली, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
फर्मान प्रेमी

फर्मान प्रेमी

शिवप्रसाद जैशी
निस्सासिएछ हावा

निस्सासिएछ हावा

शिवप्रसाद जैशी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x