साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजधानीको अत्तर

प्राडो, पजेरो र मर्सिडिज महल, कोलोनी र भिल्लामा अनि सिंहदरवारतिर छिर्छ होला ? सत्ता र शक्तिको जोसमा दुनिया हराएको मदहोसमा के अत्तरको सुगन्धको अनुभूति त्यतातिर पनि हुन्छ होला ?

Nepal Telecom ad

राजधानीको अत्तरले सुगन्धित पार्दैछ
मानिसका छाला, मुटु र फोक्सो सपार्दैछ
राजधानीले उत्पादन नगरे क्षिमेकीले
कहाँ पाउँछ र निशुल्क सुगन्धित अत्तर !

नाकले त मास्कको धोती लगाएर थोरै छान्छ होला
आँखाहरूलाई के फरक पर्यो र ?
धुलाका कणले अलिकति दुखाको त हो
दुई देखी सोह्र पाङ्ग्रेले ठुस्स फालेको ग्यासले
एकछिन् अँध्यारो मात्र पारेको हो
फोरिहालेको त होइन नि आँखा
अलिकति पिरो थपेको त हो
अन्धै बनाएको त होइन नि आँखा ।

फोक्सोका दुलाहरू बिस्तारै टाल्दै होला
पुरै स्वास फेर्न बन्द भाको कहाँ हो र ?
अलि अलि असहज भएको त हो नि !
बिस्तारै रूपलेला आफ्नो, मारी हालेका छैन नि !

छालामा फोका, दाद आएर कन्याउनु परेको त हो नि !
कालो फोस्रो हुँदैमा के बिग्रियो ?
चिल्लो किन चाहियो ?
चाहिहाले क्रिम पाउडर दलौँला
विदेशबाट आयातित सौन्दर्य सामग्रीको खपत गर्नु परेन ?

धुलो, मुख र नाकबाट तानिए पनि
हिलोले लुगा र जुतामात्र छ्यापेको हो
हिलो जिऊ भित्रै त छिरेको होइन नि ?
मेलम्ची सम्झेर ट्याङ्करको पानीले पखाल्दा भैगो
कठालो र भित्री बाउलामा हातले जोर लगाउँदा
शारीरिक अभ्यास हुन्छ के बिग्रियो र ?
अलिकति बढि श्रम र पाउडर थपिने त हो

बसबाट ओर्लिदा खाल्डोमा खुट्टा मर्याक्क मर्केको त हो
लेगामेण्ट गएको होला भाच्चिएको त छैन नि
भाँचिएन भने कसरी चल्लान ती ठुला अस्पताल
डाक्टरलाई तलब
औषधिको मूल्य
मेसिनको भाडा चाहिएन ?
थोरै बिचौलियाको ज्याला पनि

जनता त हो, ठुलो कुरा गर्ने ?
ठुलो हाकिम अनि नेता हो र ?
ठेकेदार हो र ?
बिचौलीया हो र ?
धुवाँ नै खान नहुने ?
खाल्डोमा खुट्टै पर्न नहुने ?
हिलोले छ्याप्नै नहुने ?

मर्सिडिज, प्राडो, स्कर्पियो
अनि अरू महंगो केके केके
सबै गाडिको नाम था पाउनु पर्छ ?
खाल्डो, हिलो, धुवाँसँग संगत नगर्न
कालो सिसा भएको गाडी चाहिन्छ
त्यो सामान्य नेपालीले पाउन सम्भव छ ?
छैन भने,
नेता, हाकिम, ठेकेदार, बिचौलिया हुँकिएको हेर्ने
अत्तर सुँघ्ने, हिलोले पोतिने, खाल्डोमा लच्किने
लुख्रुक्क लुख्रुक आफ्नो बाटो लाग्ने
धेरै बाँचेर सुबिधा उपभोग गर्नु किन पर्यो ?
जनता त हो ।

ब्रह्माण्डमा अन्तरघुलित राजधानीको अत्तर
ससाना छिनारबाट
प्राडो, पजेरो र मर्सिडिज
महल, कोलोनी र भिल्लामा
अनि सिंहदरवारतिर छिर्छ होला ?
सत्ता र शक्तिको जोसमा
दुनिया हराएको मदहोसमा
के अत्तरको सुगन्धको अनुभूति त्यतातिर पनि हुन्छ होला ?

०००
कैलाली, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
फर्मान प्रेमी

फर्मान प्रेमी

शिवप्रसाद जैशी
निस्सासिएछ हावा

निस्सासिएछ हावा

शिवप्रसाद जैशी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x