साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रक्सीको रसमा : फुटेको चस्मा

आज उनी चौघेरामा बसेका छन् एक्लै रतेलीमा रक्सी खाँदा स्वाद पाए बेग्लै । रक्सीले नै उचालेर पुर्‍याएछ उता खाँटी दोषी रक्सी बनी सुर्‍याएछ यता ।

Nepal Telecom ad

जाँड रक्सी खानेलाई छानीछानी तान्थे
भाटा भाँची थुतुनामा पाताकसी हान्थे-
गाउँघर वरपर थर्काएर राख्थे
आफू भने गौमाताको मासुसित चाख्थे ।

जब उनै सिंहजस्ता पदधारी भए
कोसेलीमा काजु बोकी रतेलीमा गए-
“दशैँ मानौँ” भन्दै त्यहाँ बन्न थाले बोके
दुवै जना मिली रक्सी ‘हिमालयन’ धोके ।

धोकेपछि मात्तिएर केके गरे अरे
दोषी चस्मा फुटालेर गर्नुसम्म गरे ।
भन्न थालिन् पीडितले धक फुकाएर
भोलिपल्ट मैञालाई राखे लुकाएर ।

त्यसपछि आत्तिएर बोली फेर्न थालिन्
पर्सिपल्ट प्रहरीमा जाहेरी पो हालिन् ।
विमुख भै पीडकले राजीनामा ठोके
बोतलको बाँकी रक्सी पुलिसले बोके ।

आज उनी चौघेरामा बसेका छन् एक्लै
रतेलीमा रक्सी खाँदा स्वाद पाए बेग्लै ।
रक्सीले नै उचालेर पुर्‍याएछ उता
खाँटी दोषी रक्सी बनी सुर्‍याएछ यता ।

‘रक्सी नखा’ भन्नेले खायो
खाँदाखाँदै जिन्दगी डुबायो ।।

०००

नागार्जुन न.पा. १, रानीवन, काठमाडौं
९८४१४९१०८१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
0
Would love your thoughts, please comment.x
()
x