साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बूढाहरूको देश

युवा जोस र जाँगरको ताकत देखाउन जरुरी छ । बूढा महोदय ! बूढो गोरुले गाई ओगटे झैँ देश नओगट । अब हट, सत्ता र कुर्सीमोह छोड र देशलाई नवयुवाहरूको काँधमा जिम्मा लगाऊ !!

Nepal Telecom ad

नेपाल हजारौं वर्षदेखि बूढो छ, यहाँ बूढा मानिस नै जन्मन्छन् अनि मर्छन् बूढाहरू नै । केस पाकेर सेतै भइसकेका, मकै चपाउदा पनि मकैसँगै निलिएका दाँतहरू, गिजाले घरिघरि जिस्क्याइरहने र्याल काड्दै बुढ्यौलीलाई डाकिरहेका चाउरी परेको छाला । मरिरहेको इच्छाशक्ति । यस्ता बूढाहरूले लौरी टेक्दै सकिनसकी चलाइरहेछन् मेरो देश अनि चलिरहेको छ यो देशको अर्थतन्त्र ।

युवाहरू राहदानीको आडमा भुईं छोडेर उड्डयन गर्न तँछाडमछाड गरेदेखि गाउँ भरिएको छ बूढाखाडाहरूले । चाउरी परेको छाला, गलेका हड्डी, बाउँडिएका नसा, लौरोले पनि सहारा दिन नसक्ने काल्नाले पनि बूढा तिमी तलतिर बस माथि आउने तिम्रो शक्ति छैन भन्ने अबस्थामा पुगेका छन् । कोही मरुभूमिमा उसिनिदै छन् कोही देशभित्र बुढ्यौलीले पाक्दैछन् उसिनिने र पाक्नेहरूको ठेलमठेलमा बगिरहेको छ समयको गति अनि आफैं बूढो बनेको छ देश ।

बूढो रुख ढल्नै लाग्यो, बूढो गाउँ गल्नै लाग्यो अनि बूढो शरीर जल्नै लाग्यो । खै ! अब त चराका आवाज ? भत्किएका झुपडीहरू, स्याल दौडिने पखेराहरू मात्रै बाँकी होलान् । अब फल्दैनन् पखेराहरूमा चुत्रो र काफल, भीरमै बिलाउनेछन् भीरमौरीको सुगन्धित मह पनि । मह काड्ने र हात चाट्ने कुरा पनि कथा जस्तै बन्नेछ किनभने राहदानीमै मख्ख छ ठिटाठिटीहरूको मायालु स्पर्श । मरुभूमिको चर्को घामसँग आफैलाई बेचेर उड्ने सपना बोकेका जबानहरू अनि मृत्युलाई पर्खेर बसेका बूढाहरू ! उड्ने र रुँघ्नेको मिलन कहिले हुनु ?

टेक्नै नसकिने दुखिरहने घुँडाहरूको कथा
बल्दैन ठोसिरहनुपर्ने छुट्टै मुढाहरूको कथा
खोपिल्टे चाउरिएको गाला डिम्पल भनिदिए
मख्ख पर्थे होलान् कठै बूढाहरूको कथा !

जराले जीवनको रस तान्दैन, हाम्रो पिँडी त जीवनको आकाशमा फैलिन्छन् । न जीवनको पंक्षीले गुँड नै बनाउँछ यहाँ ! घाम उदाउनै छाडे परिवर्तनको । जीवनको चन्द्रमाले उज्यालो फिजाउन नै छाडेको छ । यहाँ धुलो जम्मा हुँदै जान्छ, जरा सुक्दै जान्छ, पात कुहिँदै जान्छ, फुल फुल्दैनन्, फल लाग्दैन बोटमा, यहाँ सुकेका साखा, सुकेकै शरीर उभिएका छन्, अभागी भएको छ देश, भित्रभित्र किराले चुसेर खोक्रो बूढो रुखजस्तै वर्षौदेखि बूढो भएको छ देश !

सायद र्याले बूढाहरूले चलाएको देश भएर होला नेपाल नै अपाङ्ग भए जस्तो लाग्छ । बूढाहरू पनि कति हठी हुन् बरै ! कुर्सीमा चुम्बकीय बल भएजस्तो, कुर्सी छाड्नै नमान्ने । शरीर शिथिल भए पनि, हस्पिटलको बेडमा अक्सिजन तान्दै भए पनि, र्याल र सिँगानलाई सम्हाल्न नसके पनि देश चलाउँछु भन्ने जिद्दीपन अडिग छ । युवाहरूले चलाएको भए हजारौं वर्षदेखिको दरिद्रता दीनता भेदभाव, विकृति र अन्याय सबै मरिसकेको हुने थियो ।

हामी सँग अन्धबिश्वास हुनुपर्ने थिएन । जाबो पत्थर-सुनले मानिस चोखिनु पर्ने थिएन । तर बूढाहरू आफ्नो बोझ छोराछोरीलाई सुम्पन चाहँदैनन् । अनि युवाहरू बूढाहरूको कार्यभार आफ्नो काँधमा लिन चाहँदैनन् । यहाँ त बूढाहरू बूढा भैहाले, युवा पनि असमयमै बूढा झै बनेका छन् ।

युवा त ती हुन जो टुट्छ तर झुक्न जान्दैन मेटिन्छ । गल्ति सहन जान्दैन । युवा हुनुको एउटामात्र अर्थ युवा जसले जिन्दगीलाई नयाँ दिशा नयाँ आयाममा बदल्न चाहन्छन्, जो जिन्दगीलाई परिवर्तन गर्न चाहन्छन् ती हुन् युवा । नेपाल त एक धनी देश हो । जहाँ गरिब मानिसहरू बस्छन् । यहाँ जवानी छैन जसले लुकेको धनलाई प्रकट बनाओस् देशलाई धनवान बनाओस, धन जमीनमा दबिएको छ खजाना । गर्ने कोही छैन, किन कि देश बूढो छ, हाम्रो सोच बूढो छ । जवान खै कहाँ छन् ? यो बूढाहरूको राज्य हो, बूढैबूढाले भरिएको छ ।

त्यसैले अब चाउरिएका, गलेका र्याल चुहाउने बूढाहरूलाई विश्रामको लागि अवकाश दिएर युवा भित्रको बुढोपन हटाएर, जवानको जन्म दिएर, धनी देशका हामी धनीमान्छे बन्नुपर्छ । बूढो अनि गरिब जमिनको धन उत्खनन गरेर धनको रुख रोप्नुपर्छ । बूढाहरूको देशमा बूढाहरूको शासनको अन्त्य गरि युवा जोस र जाँगरको ताकत देखाउन जरुरी छ । बूढा महोदय ! बूढो गोरुले गाई ओगटे झैँ देश नओगट । अब हट, सत्ता र कुर्सीमोह छोड र देशलाई नवयुवाहरूको काँधमा जिम्मा लगाऊ !!

०००
केवलपुर, धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
उठिबास अभियान

उठिबास अभियान

अप्सरा सुनार
खडेरी

खडेरी

अप्सरा सुनार
धमिरोले खायो देश

धमिरोले खायो देश

अप्सरा सुनार
मूल्यहीन टाउकाहरू

मूल्यहीन टाउकाहरू

अप्सरा सुनार
मोबाइलको कीरा

मोबाइलको कीरा

अप्सरा सुनार
दादागिरी

दादागिरी

विश्व विनोद
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
0
Would love your thoughts, please comment.x
()
x