भोलानाथ सुबेदीलाम्खुट्टे महिमा
न त जनता न त नेता न त कर्मचारी झाडीभित्र लुकी बस्छ मेरो मेख मारी यस पटक छोडीदिएँ जे जे गरिस् गरिस् अर्को पटक आउन दिन्न पक्कै तँ मरिस् ।

बास खोज्दै घरभित्र लामखुट्टे आए
केटाकेटी बुढाबुढी सबैलाई सताए
बाजागाजा लावालस्कर लिई आउने
भात भान्सा नखोज्ने हामीलाई सताउने ।
मैले पनि स्वागत गरेँ ताली बजाएर
कति छिटो भाग्दो रैछ लात्ती बर्साएर
भोलि फेरि आउलास् भनी गाली बर्साएँ
तँ मोरालाई के पो गर्छु भनी तर्साएँ ।
नेता जस्तो अटेरी यसको जात रैछ
जति पटक नआ भन्यो उति आउँदो रैछ
म मोरालाई झोक चली लाठी बर्साएँ
उसलाई डराउँछु भन्दा आफैं डराएँ ।
झुलभित्र सुत्छु भन्छु हल्ला गरि आउँछ
हुलै आउँछ गुनगुन गर्दै किन यति आउँछ
म्वाई खान्छ, गालातिर झुटो माया लाउँछ
रगतमात्र खाई यसले कसको गीत गाउँछ ?
न त जनता न त नेता न त कर्मचारी
झाडीभित्र लुकी बस्छ मेरो मेख मारी
यस पटक छोडीदिएँ जे जे गरिस् गरिस्
अर्को पटक आउन दिन्न पक्कै तँ मरिस् ।
मंसिरमा चुनाव भई अर्को सरकार आउँछ
त्यो सरकारले पक्कै पनि यसलाई तह लाउँछ
सबै मिली लाम्खुट्टे मार्ने नेतालाई भोट हालौँ
जे पर्ला पर्ला अब लामखुट्टे दिवस मनाऊँ ।
०००
ओखलढुङ्गा
Subscribe
Login
0 Comments
Oldest






































