साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भाषामा पीङ खेल्दा

मान्छे जति जाग्दै गए त्यतिनै भाषा फेरिदै, बदलिदै गएको छ तरुनी-तन्देरीको स्टायल फेरिए झैँ मान्छेको गो गो पेण्ट जत्तिकै ।

Nepal Telecom ad

कीर्तिशेष हास्यव्यङ्ग्यकार विष्णु नवीनप्रति सादर शब्दश्रद्धा सहित…

म भाषाविद् होइन । म एउटा साधारण लेखक है तर कथा, कविता, हास्य-व्यङ्ग्यको । शंकरज्यूले मलाई काफलको भाषा अङ्क निमित्त पुरै अल्झाई दिनु भो, म पनि खोज्दै रहेँ सामग्रीहरू ।

दार्जिलिङमा हिजोलाई ‘हिज’ भनिन्छ । तँलाई ‘तो’ भनिन्छ, यो कस्तो भाषा हो ? देहरादुनमा बस्नेलाई ‘थेच्चिनुहोस्’ भनिन्छ जो हाम्रोमा नराम्रो सम्झिइन्छ । हाम्रो ‘ढाड’लाई पश्चिम नेपालमा ‘कण्डो’ भनिन्छ । हाम्रोमा ‘कण्डो’ को अर्थ के हुन्छ त्यो हामी सबैलाई थाहा छ ।

महाराष्ट्रमा ‘चोट’ भन्न हुँदैन । हिन्दीमा ‘बूर’ र हाम्रो भाषामा ‘मुजी’ । त्यसैले बङ्गलादेशमा स्वर्गीय राष्ट्रपति शेखमुजीबुर रहमानको खवर दिँदा नेपाल र भारतको रेडियोले यो नाम छिटो-छिटो भन्छन् । ‘मुजी’ शब्द काठमाडौँलीहरूले दाल-भात खाए जतिकै जथाभावी प्रयोग गर्छन् तर हाम्रोतिर बोलिँदा नराम्रो मानिन्छ । एकदुईपल्ट सम्झाएपछि पनि बोल्यो भने ‘पाँडे गाली’ साथसाथै ‘मुडके चिउरा’ भेटछन् नभए आँपको ‘थेबे’ बनाउँछन् ।

हामी लेख्दा ‘बहिनी, बैनी’ लेखे पनि बोल्दा ‘बुइनी’ भन्छौं । मान्छेको मात्र ‘नानी’ हुँदैन तर रक्सी पार्नेको पनि ‘नानी’ हुन्छ । जुन ठाउँमा रक्सी चुहेर झरी जम्मा हुन्छ त्यस भाँडोलाई पनि ‘नानी’ भनिन्छ ।

भाषाको खोजी गर्दै जाँदा ‘भट्टराई’ भन्ने क्षेत्री र बाहुनमा थर छ । भोटे र राईको मिश्रणबाट निस्किएकाले भट्टराई भएको भन्दछन् । यो हो, होइन खोज्न बाँकी छ । कसैले कसैलाई हियाउन पनि यसो गरेको हुनुपर्छ । पूर्वमा बुढाथोकी क्षेत्री भएपनि पश्चिममा मगर छन् बुढाथोकीहरू । त्यसैगरी कार्कीहरूको पनि इतिहास छ- कार्कीहरूमा मूला-कार्की, सुतार कार्की आदि हुन्छन् । राई, लिम्बू भारती, वन आदि जातिको उत्पत्ति इतिहास विचित्र भए के मूला कार्कीको पनि उत्पत्ति एउटा दन्त्य कथा जस्तै छ- एउटी केटी मूलामाथि बसेर भाँडा माझ्थी । भाँडा माझ्दा ‘हल्लिनै पर्यो’ एउटा केटोले चाल पाएर मूलामाथि ‘मान्छे बन्ने बिजन’ छर्दिएछ । केटीलाई पत्तै भएन । सधै झैँ केटी त्यही गई र भाँडा माझ्न थाली हल्ली हल्ली । भाँडा माझ्दै हल्लँदा विजनभित्र पुगेछ पछि नानी भयो, छोरो भएछ, बाबु मूला । यसैको सन्तान भए रे मूला कार्की ।

भाषामाथि पीङ खेल्नेहरूले धेरै कुरा लेख्लान् तर मैले माथि भने झैँ ममा भाषाको त्यति दखल नभएको हुँदा सम्पूणर् कुरो लेख्न सक्दिन । आजलाई हामी ‘आजु’ भन्छौं । त्यस्तै भाषामा पीङ खेल्ने भनी टाउको राखें लेखमा जाति सम्बन्धी, बोलचालका बोली सम्बन्धी शब्दहरू पछारें । यो लेख त शिर न पुच्छर भएको जन्तुजस्तो भो भने वा खिचडी भयो जे भए पनि दुई चार मिनट भुल्ने बाटो भयो । पढ्नेले आबो न चाबोको, पुङ न पुच्छरको भन्दै गरून् केही छैन ।

हामी लेख्दा ‘कुखुरा’ लेखे पनि भन्दा ‘कुख्रा’ मात्र भन्दछौं । कुखुराको भालेले बिहान दिउँसो बेलुकाको समय दिने हुँदा ‘घडी चरो’ नि भन्दछौँ । मान्छे जति जाग्दै गए त्यतिनै भाषा फेरिदै, बदलिदै गएको छ तरुनी-तन्देरीको स्टायल फेरिए झैँ मान्छेको गो गो पेण्ट जत्तिकै ।

हाम्रोमा अङ्ग्रेजी, पुर्तगाली, नेवारी भाषा आदिका शब्द- मेज, वाद्री, आलमारी आदि छन् । नेवारीको- हिटी, सिकर्मी, डकर्मी पनि परेकै छन् । अब सबै शब्दहरू विभिन्न जातिबाट आए भने हाम्रा खास खास शब्दहरू कुन-कुन हुन् ? यसैगरी नेपाली भाषाको असर वा दखल कुन कुन भाषालीमा परेको छ त्यसको खोजी हुन बाँकी नै छ । हामीले कसैबाट केही लियौ मात्र ? केही पनि दिएका छैनौ ? यो भाषाविद, भाषा शास्त्री, भाषेली पुरेत, झर्रोबादी, टर्रोवादी आदिले खानुपर्ने । हाम्रोमा भाषा माथि पिङ खेल्नेहरूले अर्काको भाषाको असर हामीमाथि देखाउँछन् देखाउन सजिलो पनि छ, गर्न गाह्रो हुन्छ भन्न सजिलो भए, तर हाम्रो भाषाको असर कहाँ-कहाँ परेको छ त्यो किन देखाउदैनन् ? कि यी भाषामा पीड खेल्नेहरूले ठाउँ ठाउँबाट घूस, कोसेली जस्तो केही सामान भेट्टाइ चूपचाप बसेका त होइनन् ?

सानोभन्दा सानो काम गर्दा त मान्छेले कामको दाम भनेर छोड्दैनन् भने भाषामा पीङ खेल्दा छोड्छन् र ? यसो पनि हुनसक्छ विचराहरूले केवल टर्नरको व्याकरण मात्र अध्ययन गरेर जे पायो त्यही लेखेको । टर्नर बुढालाई त आफ्नो भाषाको प्रभुत्व जमाउनु थियो जमाइदिए, हाम्रोलाई लै लैमा लागिदिए । लाग्नु थियो पहिलेको व्याकरण पल्टाएर हेर्दा ’गऱ्या, भन्या’ आदि शब्द थिए भने आज ‘गरियो, भनियो, गन्यो, भन्यो शब्दको प्रयोग र विशेष ठाउँमा बोल्ने छुट्टै शब्दहरू पनि छन् । जति मान्छे बाठो हुँदै जान्छ उति नै भाषा, पहिरन, भोजन फेरिदै जाँदो रहेछ मैले त सम्झेको थिए म मात्र फेरिए भनेको जम्मै पो फेरिएका रहेछन् ।

भाषामा पीउ खेल्दा निकै माथिसम्म म पुग्न सकिन । भाषामा म जस्तै पीड़ खेल्ने अरुहरू निश्चय नै माथि पुग्नेछन् । अनि मेरो अग्रिम बधाई । सबैलाई नमस्कार !

०००

(कोही संशोधन, हेरफेर, घटवढ २०३८ मा धान पाक्ने, काट्ने दाई गर्ने महिनामा गरिएको, छापिएको भने विराटनगरको तीन महिने ‘काफल’ को छिमल-५ फाँको १४ वा २०३२ सालको फागुन, चैत, बैशाखमा)

साेझा नवीनका बाङ्गा निबन्ध, २०७९

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x