साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हो हजुर म हाइब्रिड भेडा हुँ

एकचोटी सेवाको अवसर दिएर त हेर्नुस् तपाईंको एक निर्देशनमा अभद्रताका टोडेर सारा सीमा मच्चाउन सक्छु सबैतिर भद्रगोल !! हो हजुर ! भेडामा पनि म छु हाइब्रिड नश्लको भेडा बुझिराख्नुस् ।

Nepal Telecom ad

मैंले मागे बमोजिमको मोल
जसले नगरेर तोलमोल गर्छ कबोल
पुग्छु उनकै टोलमा चाख्न झोल ।

मानिस भएर के भयो ? भएकोले भेडावादी,
म देखेको लेख्दिन्, लेखेको पढ्दिन्
सत्यको पक्षमा रहन्छु अबोल ।

कुर्सीको परिक्रमा गरिरहन्छु गोल-गोल
जसले जति सम्झाए पनि
अब म सुध्रिनेवाला छुइन
जहिले पनि छु तत्पर
जहाँ जहिले पनि गर्न गञ्जागोल ।

जसले झुण्ड्याइदिन्छ मेरो घाँटीमा
तिरेर मेरो बाजार अनुसारको मोल
बजाउन थाल्छु उनकै वाहवाहीमा ढोल ।
हुन्छु तैयार कहिले यसको
कहिले उसको खुट्टाको बन्न फुटबल ।

यो मेरो भिजिटिंग कार्ड
भविष्यका लागि सम्हालेर राख्नुस्
एकचोटी सेवाको अवसर दिएर त हेर्नुस्
तपाईंको एक निर्देशनमा
अभद्रताका टोडेर सारा सीमा
मच्चाउन सक्छु सबैतिर भद्रगोल !!

हो हजुर ! भेडामा पनि म छु
हाइब्रिड नश्लको भेडा बुझिराख्नुस् ।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x