साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आजको हनुमान चालिसा

भविष्य बेचेका दासहरू ! स्वरुप र रंगमा फरक देखिए पनि ! आखिर, हात्ती छाप चप्पल जस्तै हुन् ! मालिकको गोडा दैलोभित्र छिरेपछि ! ढोका बाहिरै फ्याँकिन्छन् !

Nepal Telecom ad

राम- हनुमान !
श्याम-हनुमान !
जुन र जसको हनुमान भए पनि !
हनुमानको काम !
नुनको सोझो गर्नु हो !
मालिकको जय गाउनु हो !

भक्तिमार्गका
हनुमानहरू !
विवेक मन पराउदैनन् !
सत्य मन पराउदैन् !
मात्र !
मालिकको इसरा बुझ्छन् !
मालिकको आदेश बुझ्छन् !

विवेक बन्दगी राखेर
विवेक शून्य भएका हनुमानहरू !
पौरख मन पराउदैन् !
इमानको कुरा गर्दैनन् !
सृजनाको कुरा गर्दैनन् !
बरु, हनुमानहरू !
मालिकको आदेश मानेर !
देशमा आगो झोस्छन् !
देशको भकारी फोर्छन् !

हात्ती छाप !
चप्पलको हात्ती जस्तै !
नीजत्व गुमाएका !
हनुमान छाप दासहरू !
विवेक बुझ्दैनन,
आदेश बुझ्छन् !
सृजना बुझ्दैन्, विध्वंस बुझ्छन् !
कर्म बुझ्दैनन्,
लुट बुझ्छन् !
जसको नुन खायो !
उसैको गीत गाउँछन् !

भविष्य बेचेका दासहरू !
स्वरुप र रंगमा फरक देखिए पनि !
आखिर,
हात्ती छाप चप्पल जस्तै हुन् !
मालिकको गोडा दैलोभित्र छिरेपछि !
ढोका बाहिरै फ्याँकिन्छन् !

०००
गोरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
भन्… नयाँ वर्ष त किन आइस् ?

भन्… नयाँ वर्ष त...

सुभाषचन्द्र देवकाेटा
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x