साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बा

बाबाका कृत ख्याल गर्दछ हियो उड्दैन हावासँग । एक्लै बग्दछ कष्ट अश्रु जल त्यो देख्दैन सिङ्गो जग ।। थाल्यौँ उठ्न स्वयम् विचार बलमा बाबा बनाई मियो । उम्दा छन् जति मार्ग जीवनविषे बल्दै छ बाबा दियो ।।

Nepal Telecom ad

बाबा हुन् गरिमा विशाल दिलका सत्कर्म आभा दिने ।
बाबा हुन् भव ज्ञान दिव्य हितको खोली सुबाटो दिने ।।
चिन्ता, ताप, तनाव भाग्दछ सबै बाबा सधैँ साथ हुन् ।
बाबा दूर गए अझै पर भए सन्तापका खात छन् ।।०१।।

बाबाले दृढ भाव सिर्जन दिए सद्ज्ञान अग्ला पथ ।
आफ्नो जीवन मार्गमा सहज नै गुड्दै छ उम्दा रथ ।।
बाबा ब्रह्म उदात्त पार्न गुणका खोल्छन् कला यत्नले ।
बाँकी पूणर् बनाउने प्रण गरे बाँचिन्छ निस्वार्थले ।।०२।।

मान्छेका मनभावना सहजले चिन्ने सुबाटो दिने ।
अज्ञानीपन चेतका असजिला पन्साउँदै लम्किने ।।
बाँच्ने योग्य कला सुमानव हुने सत्कर्म सङ्ला दिए ।
बाबाकै बलले अनेक द्विविधा बाधाहरू नासिए ।।०३।।

ढुङ्गा गल्दछ ठोक्न लाग घनले गल्दैन बाबामन ।
पग्लन्छन् सब धातु अग्नि बलले पग्लन्न बाबामन ।।
बग्छन् वस्तु अनेक छाल बलले बग्दैन बाबामन ।
बेलामाफिक कर्म गर्न युगको तल्लीन बाबामन ।।०४।।

भोलेनाथ पुकार गर्छ मन यो पीडा सबै शान्त हुन् ।
काला छन् दिन हाल बिग्रन गयो हाँसो,खुसी दूर छन् ।।
चिन्ता,ताप,तनाव टोक्छ दिल यो सन्त्रासका राश छन् ।
भाग्यो शान्त उदात्त भाव पर भो चिन्ता कडा साथ छन् ।।०५।।

बाबाका कृत ख्याल गर्दछ हियो उड्दैन हावासँग ।
एक्लै बग्दछ कष्ट अश्रु जल त्यो देख्दैन सिङ्गो जग ।।
थाल्यौँ उठ्न स्वयम् विचार बलमा बाबा बनाई मियो ।
उम्दा छन् जति मार्ग जीवनविषे बल्दै छ बाबा दियो ।।०६।।

आफ्नो इज्जत धान्न उठ्न भवमा अर्ती सुधाझैँ दिने ।
आशङ्का मनका थुतेर जति छन् हेक्का उमारी दिने ।।
जे छन् साथ विचार आज भवको मान्छे भएँ लाग्दछ ।
थोत्रा कल्मष भाव जीर्ण दिलका फ्याकूँ सबै ताक्दछ ।।०७।।

डट्ने मार्ग कता विनम्र दिलले पस्रेर झुक्ने कता ?
मान्छेको मन भावना सब चिनी सङ्लेर जुट्ने कता ?
हेरी दूर विचार योग्य पथ के ? सत्कर्म टिप्ने गर ।
आफू झुक्नु कता भनी समयका बाँड्थे सुशिक्षा दर ।।०८।।

बाबा हिम्मत हुन् समस्त भवका चढ्ने उकालो मन ।
बाबा ज्ञान समान छैन भवमा राखून् हियामा जन ।।
आफू उठ्न सकिन्छ पारख बनी सत्कर्ममा लम्किए ।
बाबा ज्ञान लिने सबै जनहरू सद्भ्रान्तिमा चम्किए ।।०९।।

ऊर्जा हुन् भव कर्मका डगरको आलस्य पन्साउँछन् ।
अग्लो जाँगर भर्दछन् सहजता सत्कर्म जन्माउँछन् ।।
उम्दा शक्ति जगाउने मनुजका बाबा हियो प्रेरक ।
फ्याँक्छन् ढुल्मुल चेतका सब चुनी हुन् विज्ञका शिक्षक ।।१०।।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न

वृद्धाहरू सबल छन् अब...

दीनानाथ पाेखरेल
विगत‌कै छ सिको अझ वृद्धको

विगत‌कै छ सिको अझ...

दीनानाथ पाेखरेल
वृद्धवृद्धा सँगै छन्

वृद्धवृद्धा सँगै छन्

दीनानाथ पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

जगदीश्वर पाेखरेल
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
मातृ वन्दना

मातृ वन्दना

पदम दाहाल
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
0
Would love your thoughts, please comment.x
()
x