साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विदेशिनु कसलाई प्यारो हुन्छ ?

आपसी छिनाझप्टीमा फँसेर राजनीति जनताको चाहना उसको चारो हुन्छ जसलाई जिम्मा लाएका थियौं आफ्नो भविष्य जलप लगाउन उही जब हाम्रा सपनाको हत्यारो हुन्छ

Nepal Telecom ad

जब विकासमा तगारो हुन्छ
बाँच्न निकै गाह्रो हुन्छ
तब पुर्‍याउन आफ्ना जीवनका अनिवार्यता
अपरिचित देशमा खोज्न
रोजगारीका अवसरहरू
उतै जाने हतारो हुन्छ ।

ल भन्नुस् हजुर !!
विदेशिनु कसलाई प्यारो हुन्छ ?

जब अभावको काँडाले घोचेर
स्वाभिमानलाई बन्दकी राख्दा
मानिसको मुहार निन्याउरो हुन्छ
आफ्ना अनिवार्य आवश्यकता टार्न
टाउकोमा अनपेक्षित उधारो हुन्छ
साहुका शब्द बाण असह्य भएर
जिन्दगी धरामा भारो हुन्छ
तब अपरिचित देशमा खोज्न
रोजगारीका अवसरहरू
उतै जाने हतारो हुन्छ ।

ल भन्नुस हजुर !!
विदेशिनु कसलाई प्यारो हुन्छ ?

बेरोजगारीको पीडा अजिंगर भएर
चारैतिर अन्यौलको अँध्यारो हुन्छ
आपसी छिनाझप्टीमा फँसेर राजनीति
जनताको चाहना उसको चारो हुन्छ
जसलाई जिम्मा लाएका थियौं
आफ्नो भविष्य जलप लगाउन
उही जब हाम्रा सपनाको हत्यारो हुन्छ
जब चारैतिर फैलिएको द्वेषको दुर्गन्ध
सहन निकै साह्रो हुन्छ
तब अपरिचित देशमा खोज्न
रोजगारीका अवसरहरू
उतै जाने हतारो हुन्छ ।

ल भन्नुस हजुर !!
विदेशिनु कसलाई प्यारो हुन्छ ?

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x