साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनुपमको १२० औं प्रविधिमैत्री कविगोष्ठी

अनुपम सिर्जना प्रतिष्ठान नेपाल कलङ्कीको १२० औं प्रविधिमैत्री कविगोष्ठी संस्थाका आजीवन सदस्य सूर्यकुमार पण्डितको अध्यक्षता तथा प्रमुख आमन्त्रित मूर्धन्य कवि पुरुषोत्तम सिग्देल एवं विशिष्ठ आमन्त्रित गङ्गा लिगलको उपस्थितिमा ससम्पन्न।

Nepal Telecom ad

काठमाडाैं, २०७९ माघ २१ । अनुपम सिर्जना प्रतिष्ठान नेपाल कलङ्कीको १२० औं प्रविधिमैत्री कविगोष्ठी संस्थाका आजीवन सदस्य सूर्यकुमार पण्डितको अध्यक्षता तथा प्रमुख आमन्त्रित मूर्धन्य कवि पुरुषोत्तम सिग्देल एवं विशिष्ठ आमन्त्रित गङ्गा लिगलको उपस्थितिमा भव्यरूपमा सम्पन्न भयो ।

कार्यक्रममा छन्द, स्वच्छन्द कविता, गीत, गजल, खोरिया, लोकछन्द तथा छेस्का र मुक्तकहरू प्रस्तुत भएका थिए । रचना वाचन गर्ने स्रष्टा क्रमशः, सूर्यकुमार पण्डित, पुरुषोत्तम सिग्देल, गङ्गा लिगल, खोलाघरे साहिंलो, विष्णुहरि भट्टराई, दुष्यन्त भट्टाई, जनार्दन अधिकारी धड्कन, केवल कार्की, भावकेसर बराल, खगेन्द्रप्रसाद बस्याल, जगदीश्वर पोखरेल, लक्ष्मीप्रसाद मिश्र, सुधा बास्कोटा ढकाल, उत्तम भेटुवाल, द्वारिका कुइकेल, वीरबहादुर लोहनी, सूर्यवदना पण्डित, बेनीबहादुर थापा, दुर्गा रिमाल अधिकारी, उर्मिला पन्त पाण्डेय, कालीचरण बस्नेत, तथा गिरिराज डल्लाकोटी हुनुहुन्थ्यो ।

प्रमुख आमन्त्रित सिग्देलले गोष्ठीमा वाचित रचनाहरूको समीक्षा गर्दै खारिएका रचना प्रस्तुत भएको बताउनु भयो । नेपालको साहित्यिक जगत छन्दमय भएको छ, छन्द मौलाएको छ । अनुपमले स्थापित स्रष्टालाई सम्मान र नवोदितलाई प्रोत्साहन गरिरहेको छ । यो सराहनीय काम गरेको छ । सिग्देलले भन्नु भयो ।

उपाध्यक्ष जगदीश्वर पोखरेलले संस्थाको गतिविधि, योजना तथा नयाँ कार्यसमितिका पदाधिकारी नाम समेत वाचन गर्नु भएको थियो । साथै कविगोष्ठी सफल बनाइ दिनु हुने सम्पूर्ण स्रष्टामा आभार प्रकट गर्नु भएको थियो ।

अध्यक्ष सूर्यकुमार पण्डित आदरणीय स्रष्टाहरूको गरिमामय उपस्थितिले प्रविधि मैत्री कविगोष्ठी सफल बनाइ दिनु भयो भन्दै हार्दिक कृतज्ञता व्यक्त गर्दै कविगोष्ठी समापन भएको जानकारी दिनु भयो । संस्थाकी महासचिव सुधा बास्कोटा ढकालले कुशलतापूर्वक कार्यक्रमकको संयोजन गर्नु र सञ्चालन गर्नु भएको थियो ।

०००
-खोलाघरे साहिँलो

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x