साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाह्र भाइ बा (१)

फाइदा हुने चाल चल्नुभो नत्र ठाउँको ठाउँ दल्नुभो कान्तिका कुरा गर्न थाल्नुभो शान्ति कुल्चिदै हर्न थाल्नुभो । क्या नयाँनयाँ कर्म देखियो गर्नु यो कुरा धर्म देखियो फाल्न जान्नुभो टाल्न जान्नुभो के कुरा गरौं बाह्र भाइको ।

Nepal Telecom ad

बाह्रभाइ बा चार अङ्गमा
एउटै गला बाह्र रङ्गमा
यो नयाँ कथा बाह्र भाइ बा
भेटियो भनी हल्लखल्ल छ ।१ ।

सत्य हो भनी ढाँट्न पाउने
जेसुकै कुरा काट्न पाउने
बाह्रभाइको गोप्य मित्रता
क्या अचम्मको पत्रकारिता ।२।

दाम आउने काम जान्नुभो
मित्र फाल्नुभो चोर छान्नुभो
दामवालको नाम खोज्नुभो
खास्सखुस्सको मार्ग रोज्नुभो ।३।

छाम्न जान्नुभो डाम्न जान्नुभो
जोखनासँगै काम्न जान्नुभो
यातना दिँदै काम सार्नुभो
मख्ख पार्नुभो तेल झार्नुभो ।४।

तेल आउँदा सञ्च मान्नुभो
पत्रकारिता गर्न जान्नुभो
लेख लेख्नुभो ठाउँ ठाउँको
गीत गाउँदै आफ्नु माउको ।५।

फाइदा हुने चाल चल्नुभो
नत्र ठाउँको ठाउँ दल्नुभो
कान्तिका कुरा गर्न थाल्नुभो
शान्ति कुल्चिदै हर्न थाल्नुभो ।६।

क्या नयाँनयाँ कर्म देखियो
गर्नु यो कुरा धर्म देखियो
फाल्न जान्नुभो टाल्न जान्नुभो
के कुरा गरौं बाह्र भाइको ।७।

०००
ओखलढुङ्गा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x