साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिते करेला खाएर बोलौँ

एकले अर्काको पोल खोलेर बोलौँ एकले अर्काको मान मर्दन गरेर बोलौँ सम्मान गर्न त कुकुरले पुच्छर हल्लाइदिन्छ त्यसैलाई सम्मान सम्झेर वर्तमान मै बोलौँ ।

Nepal Telecom ad

बोलौँ सबै मुख खोलेर बोलौँ
नुनमा चुन घोलेर बोलौँ
चिनीमा सख्खर घोलेर बोलौँ
कोही पिडालु खाएर बोलौँ
कोही मुखमा आलुको बुजो हालेर बोलौँ ।
कोही रामतोरिया खाएर बोलौँ
कोही तिते करेला खाएर बोलौँ
जे होस् बोल्न चाहिँ बोलौँ ।

बोलौँ मन मौजी बोलौँ
आखिरी मरिलानु के छ र
जीवनमा जीवन धान्न बोल्नु पर्छ ।
सुनको बोलीमा हिराको गफ गरेर बोलौँ
चाँदीको हाँकमा फलामको तगारो बनेर बोलौँ
बोल्दा पैसा तिर्नु पर्दैन तर
आजको बिना पैसाको बोलीले
भोलि नबिग्रियोस् पर्सि न भत्कियोस् ।

पानी नै पिएर बोल्दा पनि हुन्छ
चोक्टा खाएर वा झोल पिएर बोल्दा पनि हुन्छ
तर बोली रहनु पर्छ
किनकि यो देश बोलक्कड बन्नु पर्छ
फरक फरक दिशातिर फर्केर भए पनि
बोलेको सबैले सुन्नु पर्छ ।
कोही लाटो कोसेरो भएर बोलौ
कोही काग भएर बोलौँ
कोही तित्रा भएर बोलौ
कोही सुगा, मैना भएर बोलौँ ।

जिब्रो लाटो पारेर बोलौँ सधैँ
केरा खाएर बोले पनि हुन्छ
कागती खाएर बोले पनि हुन्छ
जे जे खान मन लाग्छ त्यही खाएर बोलौँ ।
एकले अर्काको पोल खोलेर बोलौँ
एकले अर्काको मान मर्दन गरेर बोलौँ
सम्मान गर्न त कुकुरले पुच्छर हल्लाइदिन्छ
त्यसैलाई सम्मान सम्झेर वर्तमान मै बोलौँ ।

गोलीको बोली होस् वा बमको
बोली होस् त बम झैँ पड्कने र
बोल्दा सपना बाड्न नबिर्सौ
जसका कारण भोलि झोली भरियोस् ।

०००
गाईघाट, उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
खोसेर खाँदै छ जो

खोसेर खाँदै छ जो

माधव पोखरेल गोज्याङ्ग्रे
भू-शासन

भू-शासन

माधव पोखरेल गोज्याङ्ग्रे
लुट्यो डोजरले

लुट्यो डोजरले

माधव पोखरेल गोज्याङ्ग्रे
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
भेडा दिवस

भेडा दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
राष्ट्रिय पिण्ड दिवस

राष्ट्रिय पिण्ड दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
भन रामलखन !

भन रामलखन !

निमेश निखिल
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
चाहिन्न दाह्री कवि बन्नलाई

चाहिन्न दाह्री कवि बन्नलाई

कमला पन्थी अधिकारी
मन त फलामकै भए असल हुन्छ

मन त फलामकै भए...

हरिभक्त कटुवाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x