साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बोल गणतन्त्र बोल नत्र बर्साइन्छ !

गणतन्त्रको गीत मजाले गवाइन्छ समाजवादको मूल धक्कू लगाइन्छ जनवादको भट्टीमा पुँजीवाद फलाइन्छ राजतन्त्रको स्थायी भूतले तर्साइन्छ बोल बोल गणतन्त्र बोल नत्र बर्साइन्छ !

Nepal Telecom ad

यहाँ के पाइँदैन सबथोक पाइन्छ
गुट्खा पान पराग के के चाहिन्छ
चाउचाउ चाउमिन सबथोक खाइन्छ
कुरकुरे लेस झुरूम झुरूम चपाइन्छ
उत्पादित चिसोले आँत भिजाइन्छ
थरिथरी मादक रसले मुटु सिचाइन्छ
छिन भरमै त्यो सगरमाथा चिनाइन्छ
माग्ने लतले काम गर्ने मन छिनाइन्छ
अन्न पानी लुगा लत्ता उतैका लगाइन्छ
तिहुन तरकारी परदेशबाटै मगाइन्छ

फसल कर्मी मजैले घोक्र्याइन्छ
बस्तुभाउ पालकलाई झोक्र्याइन्छ
किसानको सास नली पक्र्याइन्छ
मोलतोलमा बिचौलिया टक्र्याइन्छ
फ्याट्ट नक्कली किसान जन्माइन्छ
युवनयुवतीहरू विदेशतिर अन्माइन्छ
कागज पत्रमै खेतीपाती गराइन्छ
टिप्पणी मिलान अनुदान भराइन्छ
खादामाला परदेशबाटै भित्र्याइन्छ
आयातमै थैली निचोरेर नित्र्याइन्छ
आफ्नो शासन धम्क्याएरै चलाइन्छ
गणतन्त्ररूपी ध्वजा पर्गला चढाइन्छ
माथि तल सर्वत्र माग्ने बनाइन्छ
माग्दा माग्दै देशकै देह गह्नाइन्छ

गाउँ गाउँमा एनजियो खटाइन्छ
तोक आदेश माथिबाटै पठाइन्छ
आइएनजियो ल्याइन्छ भित्र्याइन्छ
विज्ञहरूको बुद्धि दस्तुर बुझाइन्छ
जताततै नाम जनताकै भजाइन्छ
जनताजनता जन जिनिस पचाइन्छ
जन विरोधी छ कोही करङ् बजाइन्छ
मार्क्सवादी बासुलाले छाला तछाइन्छ
समाजवादी बन्चरोले फ्याक गराइन्छ

समावेशी छिनोले स्वाद पिलाइन्छ
लोकतान्त्रिक घनले आकार मिलाइन्छ
पत्रपत्रिका रेडियो टिभिमा बकाइन्छ
जो मान्दैन मुद्दा लगाएर फसाइन्छ
गणतन्त्रको गीत मजाले गवाइन्छ
समाजवादको मूल धक्कू लगाइन्छ
जनवादको भट्टीमा पुँजीवाद फलाइन्छ
राजतन्त्रको स्थायी भूतले तर्साइन्छ
बोल बोल गणतन्त्र बोल नत्र बर्साइन्छ !

०००
२०७९/११/२२
तेल्या लेक, डोटीबाट झुलाघाट बैतडीसम्मको यात्रामा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
फर्मान प्रेमी

फर्मान प्रेमी

शिवप्रसाद जैशी
निस्सासिएछ हावा

निस्सासिएछ हावा

शिवप्रसाद जैशी
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x