अनिल KH पौडेल’होली
सम्साँझै कोरली बाटाबाटै गोला हान्छन् हामीलाई उल्टै भन्छन् : पुरुषहरू लोला हान्छन् हामीलाई लोला र गोलामै अल्झिएको चोला होलीमा नउठाए कसो होला ??

मैले देख्दादेख्दै उसले पानी पोकामा हाली
पोकाको मुख टाली
फुत्त मतिर फाली
टक्क रोकिएँ… ऊ भन्दा चतुर ठहरिएँ…जोगिएँ
मलाई भिजाएर रमाउने आश गरी
च्व..च्व..यस्तो देशमा पानी नाश गरी
बत्तिको उज्यालोमा खेल्ने भए यो होली
सधैँ भोलि हुन जान्थ्यो
जुन कहिल्यै आउने थिएन
पानीको धनी देशमा पानी नछ्याप्दा
बिचरो सरकारले मुद्दा लाउन पाउने थिएन
एक पोका पानीको दुई वर्ष जेल
दुई पोका पानीको चार वर्ष
सरकार सूचना पढ्छ : होली खेल्ने सबै तर्स
पिउने पानी नभाको देशमा न विष्मात्, न हर्ष
बिचरो म कलियुगको प्रल्हाद
होलीका छतबाट कुखुरीले झैँ अण्डा बर्साउँछे
बर्साउँदा बर्साउँदै मैमाथि बर्सिन्छे कि मलाई तर्साउँछे
लक्ष्मी, सरस्वती अनि त्यस्तै होलीका
तेजाब हुत्याउँछन् कणर्धार भोलिका
नमुना देश छ हाम्रो
तेजाबको होली खेलेपनि हुन्छ
‘हिरण्यकस्यपु’को आदेशमा सोल्मारी लगेर थुन्छ
सुरु हुन्छ ‘होली’
रङ्ग पुछ्ने भोलि
स्वार्थी छन् यी महिलावादी
अधिकार खोज्छन् खर्लप्पै आधी
सुनिन्छ… भाले ठेगान लगाउने कानुन सोच्दैछन्
यता सम्साँझै मुलसडकमा
कोरली हाम्लाई कुहिनोले घोच्दैछन्
महिलावादी भन्नेहरूले
हाम्लाई हानेको पानीको पोका
बज्रिनु पैले नै फुटाउनुपर्छ कि पर्दैन ?
होलिका भसक्कै डढी पोहोर परारै
आवाज उठाउनुपर्छ कि पर्दैन ?
सम्साँझै कोरली बाटाबाटै गोला हान्छन् हामीलाई
उल्टै भन्छन् : पुरुषहरू लोला हान्छन् हामीलाई
लोला र गोलामै अल्झिएको चोला
होलीमा नउठाए कसो होला ??
०००
मोरङ
Subscribe
Login
0 Comments
Oldest




































