साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो सम्मान कहिले हुन्छ ?

गलामा सयपत्रीको माला काँधमा दोसल्ला झुण्ड्याउनु छ कति पर्खेर बस्ने लिएर मनमा उम्रिएको सपना- फाटेको कामना कति मीठो हुँदो रहेछ यो सम्मानको चाहना, ल भन्नुस् रामेश्वरजी ! मेरो सम्मान कहिले हुन्छ ?

Nepal Telecom ad

सोचेको कुरा पुग्दो रहेनछ,
पत्थरमा खप्पर ठोकेर,
भाग्योदय हुँदो रहेनछ ।
सम्मान पनि पुर्पुरोमा लेखे पो हुन्छ !
सासू-ससुराको सम्पत्तिबाट
उभ्याइएको सासू-ससुरा स्मृति प्रतिष्ठानबाट
जीयाकुमारीले पाइन्
झुण्डिएर मरेकी नन्दको नाउँबाट स्थापित
‘वीराङ्गना महिला सम्मान’
चोरीको अभियोगमा जेलमै मरेको
सालोको स्मृतिमा
अचेतबहादुरले पाउनु भयो
‘आदर्श नागरिक सम्मान’ ।
जताततै बेमौसमी सम्मानको घमासान !
यस्तै यस्तै सबै साथी भाइले गरेर तानातान
हात पारिसके अनेकौं अभिनन्दन पत्र
मायाको चिनो
अरूहरूले यसरी जिलेबी खाएको देखेर
घुटुक्क घुटुक्क थुक निलेर,
टुलुटुलु हेर्दै थपडी मात्र बजाएर,
बस्न अब अति नै गाह्रो भएको छ,
जसरी पनि अब मलाई पनि
गलामा सयपत्रीको माला
काँधमा दोसल्ला झुण्ड्याउनु छ
कति पर्खेर बस्ने लिएर मनमा
उम्रिएको सपना- फाटेको कामना
कति मीठो हुँदो रहेछ यो सम्मानको चाहना
’ल भन्नुस् रामेश्वरजी !
मेरो सम्मान कहिले हुन्छ ?

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x