साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन स्रष्टालाई वासु शशी सम्मान

वासु शशीको ८७ औं जन्मजयन्तीको अवसरमा प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा संस्कृतिविद तुलसी दिवसले वरिष्ठ साहित्यकार हिरण्य भोजपुरेलाई २०७९ सालको ‘वासु शशी साहित्य सम्मान’ प्रदान गरेका हुन् ।

Nepal Telecom ad

काठमाडौ, ०७९ चैत्र १४ । वासु शशी स्मृति परिषदले तीन सर्जकलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । वरिष्ठ कवि एवं नाटककार वासु शशीको ८७ औं जन्मजयन्तीको अवसरमा प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा संस्कृतिविद तुलसी दिवसले वरिष्ठ साहित्यकार हिरण्य भोजपुरेलाई २०७९ सालको ‘वासु शशी साहित्य सम्मान’ प्रदान गरेका हुन् ।

यसैगरी कवि श्यामललाई रु. २५,०००।- हजार नगदसहित २०७९ सालको ‘वासु शशी साहित्य पुरस्कार’ र वासु शशीका नाटकमा नाट्यतत्व’ शीर्षकमा विद्यावारिधि गर्नु भएका अनुसन्धानकर्ता डा. गोपीकृष्ण खतिवडालाई रु. २१,०००।- नगदसहित ‘वासु शशी शोध पुरस्कार’ प्रदान गरेको छ ।

सोही अवसरमा प्रमुख अतिथि दिवसले समाजसेवी तथा साहित्यकार रमेश रेग्मीको तेस्रो कृति ‘मेरो छोरा फर्किनै पर्छ’ कथासङ्ग्रह लोकार्पण गरेका थिए । प्रमुख अतिथि तुलसी दिवस, अध्यक्ष गणेश रसिक र सम्मानितहरू हिरण्य भोजपुरे, पुरस्कृतहरू श्यामल र डा. खतिवडाले आआफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा वासु शशी स्मृति परिषद्का संरक्षक श्रीमती जुलुम बैद्यको उपस्थिति रहेको थियो ।

सम्मानित व्यक्तित्व भोजपुरे विगत छ दशकदेखि कविता, गीत, कथा, उपन्यास लेखनमा सक्रिय छन । उनको डेढ दर्जन साहित्यिक पुस्तक प्रकाशित छन् । विगत तीन दशकदेखि सक्रिय साहित्यकार श्यामलको आधा दर्जन साहित्यिक पुस्तकहरू प्रकाशित छन् ।

परिषद्का अध्यक्ष गणेश रसिकको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा वरिष्ठ साहित्यकार हिरण्य भोजपुरे, साहित्यकार श्यामल र डा. गोपीकृष्ण खतिवडाले मन्तव्य राखे ।

साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष विश्वविमोहन श्रेष्ठले वरिष्ठ कवि एवं नाटककार वासु शशी, हिरण्य भोजपुरे, श्यामल, डा. गोपीकृष्ण खतिवडाको परिचय राखेका थिए ।

साहित्यकार सुमन वर्षाले साहित्यकार रमेश रेग्मीको कथासङ्ग्रहबारे चर्चा गरिन भने परिषद्का सचिव प्रद्युम्न जोशीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन कवि यादव भट्टराईले गरेका थिए ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x