सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

अ आ इ ई को ई

अचेल त अलगअलग मान्छेका अलग अलग दलका मुखियाका मुखबाट एउटै ताल, लय, सुर र स्वरमा देशैभरि निस्किरहेछन् ई ई ....का स्वरहरू ।

Nepal Telecom ad

जतिबेला म सानो बच्चो थिएँ
ज्ञान, सीप र व्यवहारमा कच्चो थिएँ,
बुबा आमासँग अलि बढी डराउँथें
साथीभाइसँग मात्र अलिअलि कराउँथें ।

समय बित्दै गयो, चहलपहल फेरिँदै गयो
बुबाको आफै घरमै पढाउने रहरले
कहिले धुलेपाटीमा र कहिले कालोपाटीमा
अ आ इ ई बाट मेरो अक्षरारम्भ भयो ।

जमाना पुरानो, पढाइ पनि पुरानै थियो
अमला, आकाश र इलम होइन
केवल अ आ इ ई को कुरो थियो
भर्खर-भर्खर पढाइ सुरु थियो ।

पहिले हात समातेर पाटीमा लेखाउनुभयो
अनि अ आ इ ई भन्न लाउनुभयो
सुरुसुरुको पढाइ भएकाले होला
जोश, जाँगरसितको रहर थियो,

रहरै रहरमा घोक्दा-घोक्दै, पढ्दा-पढ्दै
एकपटक त बिराएँछु, उल्टापाल्टी गराएँछु
बिराइस्, फेरि भन् भन्दै कान समाउँदा
जान्दै जानिएन त भनेर कराएँछु

रिसाएर सातो काढ्दै बुबाले
दोहोर्‍याएको स्वर सुनेर मैले
स्वर तानी तानी अ आ इ ई भन्दा
पछिको ई मा जोड दिँदै ई..भनेर सुनाएँछु

‘ई’ भन्छस् नाथे, भनेर हप्काउँदै
र कान समाउँदै भन्नुभयो बुबाले
तैंले यतिबेर पढेको पढाइ सबै ई
यस्तै गरी पढिस् भने पढ्लास् ई

यो सुनेर मेरो स्वर फेरि खुल्यो अ आ इ ई
डरैडरमा खुलेको त्यो लामो स्वरको ई मा
र बुबाको हप्काइमा प्रयोग भएको त्यो चर्को ई मा
फरक छ कि छैन भन्ने नै बुझिनँ त्यतिबेला
लाग्थ्यो—आफै सिकाएको ई भन्दा किन रिसाएको होला ?

जीवनको महासागरमा पौड्दै र दौड्दै गएँ
उ ऊ र इ ई को भेद जान्दै गएँ
लामो अन्तरालपछि अहिले पो
चर्को स्वरमा पढेको त्यो ई लाई चिन्दै गएँ

अचेल त्यो ईलाई ई …..ज्ञान भन्ने ठानेर
कल, खल, गल वा इलम, इमान भन्न थालेको छु ।
युगानुकूल आवश्यकता अनुसारको पंढाइ हुनुपर्छ भन्दै
दोहोर्‍याइ तेहेर्‍याइ पढ्न र बुझ्न थालेको छु

तर सोच यस्तो बनेको हुन्छ
मैले मात्र पढेर के हुन्छ ?
मैले मात्र सोचेर, बुझेर के हुन्छ ?
मजस्ता सानाको आवाज कसले सुन्छ ?

त्यसैले मैले भन्ने गरेको त्यो ई बिर्सेर
बुबाले सुन्ने गरेको त्यो ई….सम्झेर
साना-ठूलाका चर्काचर्का स्वरका ई…सुनेर
मजा मानेर जोडसित हाँस्ने गरेको छु ।

अचेल त अलगअलग मान्छेका
अलग अलग दलका मुखियाका मुखबाट
एउटै ताल, लय, सुर र स्वरमा
देशैभरि निस्किरहेछन् ई ई ….का स्वरहरू ।

हामी, धर्म, सँस्कृति, कला र राजनीतिमा
ज्ञान व्यवहार, परम्परा र काव्यकृतिमा
पक्ष-विपक्ष, अज्ञ-विज्ञ, अल्पज्ञ र सर्वज्ञ बनेर
चलाइरहेछौँ ई ई का चर्का स्वरहरू

जात्राको संस्कृति खोज्ने सहर बजारमा
अरूको जात्रा गर्ने र हेर्ने रहरमा
त्यो जात्रा हेर्ने र रथ बोक्ने गाउँघरमा
ई. नभन्ने, नसुन्ने होलान् एक, दुई, हजारमा ?

त्यसैले जता गए पनि गाउँ वा सहरमा
जे जे भने, सोचे पनि प्रहर-प्रहरमा
एउटै मात्र स्वर बढेको आभाष भैरहन्छ
त्यही ई को मात्र प्रयोग भैरहन्छ
र त ई खा, ई गर् मात्र सुन्नमा आइरहन्छ ।

०००
पाल्पा, हाल काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
म त हाँसेको हाँस्यै

म त हाँसेको हाँस्यै

डिल्लीराज अर्याल
किसान मृत्यु-ओखति

किसान मृत्यु-ओखति

डिल्लीराज अर्याल
अब सम्धीहरूको पालो

अब सम्धीहरूको पालो

डिल्लीराज अर्याल
फैलिएको छ त्रासदी

फैलिएको छ त्रासदी

डिल्लीराज अर्याल
यो जाली कि त्यो जाली…

यो जाली कि त्यो...

डिल्लीराज अर्याल
अ आ इ ई को ई

अ आ इ ई...

डिल्लीराज अर्याल
जिन्दगी

जिन्दगी

खगेन्द्र नेउपाने
आगो र पानी

आगो र पानी

देव भट्टराई (२)
के बेच्न बाँकी छ र !

के बेच्न बाँकी छ...

हरिप्रसाद रिमाल
धरोधर्म गर्छु (२३)

धरोधर्म गर्छु (२३)

डिल्लीप्रसाद मूलतिहुन
पानीमाथिका सपनाहरू

पानीमाथिका सपनाहरू

केशव ज्ञवाली ‘आगत’
बेताल छ

बेताल छ

प्रकाश अर्याल ख