साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फैलिएको छ त्रासदी

बुझेनन् वा बुझे कुन्नि भएन मनमा लिने आज हामी भएका छौं बिदा चाँडै लिए हुने ! अहाे ! सन्तानको मोह, चाह ! एक्काइसौँ शदी हरेक घरमा यस्तै फैलिएको छ त्रासदी !

Nepal Telecom ad

डिल्लीराज अर्याल :

आमाबाबु हिँडेका छन् बुढ्यौतीका बजारमा
छोराछोरी गुडेका छन् कोरियामा, कतारमा

जो यहाँ छन् तिनी कोही, मस्त होटेल, बारमा
दादागिरी, दलालीमा, द्वन्द्वमा, लुटमारमा

छैन उद्योग, व्यापार, छैनन् व्यस्त पढाइमा,
हतियार समातेर हिँड्छन् बरु लडाइँमा

पाल्दैनन् गोठमा गोरु, हाल्दैनन् खेतमा मल
रोप्दैनन् बिरुवापात, फलाउन्नन् कुनै फल

छाउन्नन् घरका छाना, लिप्दैनन् घर-आँगन
काट्दैनन् दाउरा, घाँस, हुन्न यो देशमै मन

भित्ता, छाना जराजीर्ण,फोर्काफोर्की हजार छन्
घाम-जून मझेरीमै उदाउन तयार छन्

घर धानिन्न जस्तो छ, चाहना तारतार छ
सदाबहार बर्बादी निलिहाल्न तयार छ

गल्दैछन् बोझले काँध, छैन ठाउँ बिसाउन
भरिन्छन् गहमा आँसु, छैन ठाउँ बहाउन

न अन्न-वस्त्र पर्याप्त, न अवस्था कमाउन,
सन्तान अघि सर्दैनन्- पकाउन, खुवाउन

बनेको छैन आधार, बढेको रक्तचाप छ
मधुमेह त्यसैमाथि बनेको अभिशाप छ,

मुटु पोल्दछ, बोलिन्न, तन यो थर्थराउँछ
असह्य हुन्छ, आफ्नैले व्यर्थै वचन लाउँछ

छोरो झर्कन्छ, ठस्कन्छे बुहारी, निहुँ झिक्दछन्,
कहिले भोज, गोष्ठी वा यात्रा भन्छन् र हिँड्दछन्

नातिनी भन्दछे “आज ब्युटिपार्लर जानु छ”
नाति भन्छ “बिदा छैन, कलेज जानुपर्दछ”

लाखापाखा सबै लाग्छन्, घर यो शून्य बन्दछ
कुरूवा भै बिरामीको म बूढै बस्नुपर्दछ

सधैँ एक्लिनुको पीडा भोग्नु, बस्नु, र खानु छ
मन भन्छ बिरामीको- “मलाई स्वर्ग जानु छ !”

पोखेर बह पोखिन्नन्, भए स्वप्न धुजाधुजा,
सम्झ्यो अतीत, उर्लेर लिँदाछन् आँसुले मजा

‘घरै स्वर्ग थियो हाम्रो, श्रमसिञ्चित साधन
जुटाएर सजाएका बगैंचा, गोठ, आँगन

रमाएरै सह्यौँ दुःख, यिनलाई ठड्याउन
आफै नसकिँदा अड्न, यिनकै आड लाउन

आधै खाएर आफूले, भरपेट खुवाउँदै
भुल्लै लाएर आफूले, भरिशक्य सजाउँदै

पर्दा ओछ्यानमा बच्चा आफ्नो सर्वस्व लाउँदै
यिनकै साथमा बस्दै, बोल्दै, खाँदै, निदाउँदै

पूरा बाँच्यौँ कि आधा खै ! सम्झेर भन्न सक्दिनँ
अघायौँ कि अघाएनौँ ! बुझेर बोल्न सक्दिनँ

जसरी तसरी बाँची, यिनलाई उठाउने
चाहनामै जुट्यौँ, यस्तै रहेछ अन्त्यमा हुने !

बुझेनन् वा बुझे कुन्नि भएन मनमा लिने
आज हामी भएका छौं बिदा चाँडै लिए हुने !

अहाे ! सन्तानको मोह, चाह ! एक्काइसौँ शदी
हरेक घरमा यस्तै फैलिएको छ त्रासदी !

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
बैकुण्ठमा बास हुनैपर्छ

बैकुण्ठमा बास हुनैपर्छ

डिल्लीराज अर्याल
म, कान्छोमामा र उखानहरू

म, कान्छोमामा र उखानहरू

डिल्लीराज अर्याल
फेरि पनि उस्तै …ज्ञानम् ज्ञाने ज्ञानानि

फेरि पनि उस्तै …ज्ञानम्...

डिल्लीराज अर्याल
बैकुण्ठमा बास हुनैपर्छ

बैकुण्ठमा बास हुनैपर्छ

डिल्लीराज अर्याल
नयाँ नेपाल कन्या कपाल !

नयाँ नेपाल कन्या कपाल...

डिल्लीराज अर्याल
0
Would love your thoughts, please comment.x
()
x