साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अन्यौलमा विश्लेषक

कसैले ठेलावाल ठीक भने कसैले बेठीक भने । सडक अतिक्रमण गर्ने बर्गले स्थानीय सरकार मुर्दावादको नारा लगाए । बाटोमा हिँड्ने बर्गले स्थानीय सरकार जिन्दावादको नारा लगाए ।

Nepal Telecom ad

अन्जु शर्मा :

ऐया ! ठेलामा ठोक्किएर एक वृद्ध बाटोमा लडे । उनको हातको लठ्ठी हुत्तिएर पर पुग्यो ।

ठेलावालः कम्सेकम आँखा त हेरेर हिड्न पर्छ नि ! यस्तो महङ्गो फलफूल र तरकारी सबै भूइँमा पोखियो ।
वृद्धः बाबू ! बाटोमा ठेला नराखेको भए म पनि लड्ने थिइन, फलफूल र तरकारी पनि पोखिने थिएन ।

ठेलावाल: बाटोमा नराखेर तपाईंको घरमा राख्नु त ? म मात्रै पनि हैन ठेलामा पसल गर्ने । अनि पसल दर्ता गर,भाडा तिर, कर तिर । खानु चाहिँ के ? (निकै च्याँठिएर बोल्यो)
वृद्धः भाडा नतिरेको कारण तिमी सस्तोमा बेच्छौ, त्यो भाडा तिर्नेले तिम्रो दाममा दिन सक्तैन । अनि उसको व्यवसाय कसरी चल्छ ? उसको व्यवसाय नचले भाडा कसरी तिर्छ ? भाडा उठाउन नसके करोडौं पर्ने जग्गामा किन घर बनाउनु ? अनि त्यति मूल्यवान जग्गा बाटोलाई किन छोड्नु ?

ठेलावालः बढ्ता कुरा नगर बा ! खुरूक्क घर जाऊ ।

निकै विवाद चुलिएपछि नगर प्रहरीले ठेला उठाएर लग्यो ।
ठेलावालः हायः लुटेरो सरकारले मेरो सामन लुट्यो ।

ऊ चिच्याउन लाग्यो । ठेलावाल चिच्याएको सुनेर पत्रकार र बेरोजगारहरूको जमात भेला भयो । कसैले ठेलावाल ठीक भने कसैले बेठीक भने । सडक अतिक्रमण गर्ने बर्गले स्थानीय सरकार मुर्दावादको नारा लगाए । बाटोमा हिँड्ने बर्गले स्थानीय सरकार जिन्दावादको नारा लगाए ।

विश्लेषकहरू आगामी चुनाव कुन पक्षले बिजय हाँसिल गर्छ स्वयं अन्यौलमा परे ।

०००
रातोपुल, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अदृश्य जेल 

अदृश्य जेल 

अन्जु शर्मा
सत्ताको खोजी

सत्ताको खोजी

अन्जु शर्मा
सम्बन्ध

सम्बन्ध

अन्जु शर्मा
दासत्वमा नारी

दासत्वमा नारी

अन्जु शर्मा
बाध्यता 

बाध्यता 

अन्जु शर्मा
भट्टी पीडा

भट्टी पीडा

अन्जु शर्मा
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x