साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हावादारी सम्राट !

मैले मेरो खुसी वितरण गरे जलन हुनसक्छ, मेरा पाँच सन्तान नै विशिष्ट, विद्यावारिधि, भनेर सत्य बोले, मेरो अनुपास्थितिमा “आफ्नो सन्तानको धाक मात्र दिन्छ, खोक्छ” भनिनेछ । भनिएको छ । अरूको प्रगतिमा रमाउने मन हामीसित छैन ।

Nepal Telecom ad

धनराज गिरी :

…चिया पसलमा जम्मा भएका छन् भद्रभलाद्मीहरू, गफ उही दिल्ली, मोदीजी, छविजी, ओलीजी, नेपालजी, अनन्तजीहरूको । “आज सर आउनुहुन्न ?” बाबुराम सापकोटा बोल्यो । “गफाडी नि, आलापोटे बस्नेतको पनि दाजी !” लोकराज भुसाल । “सर आए त मज्जा हुन्छ” सत्यनारायण चौधरी । “मेरो मामा हो, चानचुने मान्छे हो” अपराजिता सुदाग ।

सबैले सम्झिए । रामचन्द्र अधिकारी र राममणि खनालहरू आए, ७४ नम्बरको बाइकमा । जी के पनि हाजिर । “आउनुभयो, आउनुभयो” अलि परबाट “प्रोफेसर रजनीश ओशो ओली” हातमा सम्प्रेषण बोकेर आए । “अब रमाइलो हुन्छ !” जल्लु महतो । “यो मान्छेको थर पनि उही, उखान बढी आउने, जोक पनि उस्तै । हावादारी सम्राट !” लहना महतो । “हो हो, हावादारी सम्राट नै हो ! तर कति लेख्न सकेको क्या !” सिखना महतो । प्रोफेसर आइपुग्यो ।
०००
ऊ आयो । गफ शुरू । आकाश पातालको कुरा सुनायो । सबैले गफ त सुने, तर चित्त बुझेन, “यत्रो विद्वान्को कुरा यस्तो हल्काफुल्का, हैट !” दाहाल बाजे, मनमनै । “ए भाइ, अलि गतिलो कुरा गर्नू नि, किन दुनियाँको नजरमा यति हल्का भएको ?” दाइकै उमेर, ७२, उत्तम रिजाल । उता घनश्याम तिमिल्सिनाको पनि चित्त बुझ्यो । प्रोफेसर ओली मुस्कुरायो । अनुहारमा कुनै भाव आएन । रोकियो । नीरवता ।

“बेकार बोलिएछ, जान्ने उही छ !” उत्तमको मनमा कुरा खेल्यो । प्रोफेसर बल्ल गम्भीर देखियो, बोल्यो, “दाइ, मेरा शुभचिन्तक आफन्तहरू, म गम्भीर छु, देखिन्न, म गम्भीर भएको कुरा मैले पनि थाहा पाउन्न । मैले गम्भीर कुरा गरे कसले सुन्ने ? मैले मेरो दुःख सुनाए, मेरो उपहास हुन्छ, खुच्चिङ भन्न बेर हुन्न । मैले मेरो खुसी वितरण गरे जलन हुनसक्छ, मेरा पाँच सन्तान नै विशिष्ट, विद्यावारिधि, भनेर सत्य बोले, मेरो अनुपास्थितिमा “आफ्नो सन्तानको धाक मात्र दिन्छ, खोक्छ” भनिनेछ । भनिएको छ । अरूको प्रगतिमा रमाउने मन हामीसित छैन । यही भएर म हावादारी कुरा गर्छु । अन्टसण्ट बोल्छु, लेख्छु पनि । अब चित्त बुझ्यो मेरो सर्वोत्तम दाजी ?

यो मान्छेले यस्तो किन गर्यो ? शोध हुनुपर्छ । अनेक नाम दिने होइन । अनेक आरोप लगाउने होइन । “सबै गम्भीर !” “हावादारी सम्राट झापाली, भनेको त गुरुदेव गम्भीर पाइयो ।” कृष्ण खतिवडा । “भाइ, हावादारी सम्राट होइनौ !” मोतीलाल शर्मा, “हाम्रो गाउँको बत्ती हौ !” अब तारीफ शुरू भयो । प्रोफेसर घर फर्कियो ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
जागिरको जाल कि साहुको चाल !

जागिरको जाल कि साहुको...

ठाकुरप्रसाद अधिकारी
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
रुख महात्म्य

रुख महात्म्य

देवीप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x